मुक्तककार शर्मिला श्रेष्ठका पाँच उत्कृष्ट मुक्तकहरू

  • २८ श्रावण २०७८, बिहीबार १६:३६ मा प्रकाशित
  • १)
    पठायो कसैले छ यो हातमा बन्दी खाम हजुर
    संकलित होलान् कति भ्रष्टाचारीका नाम हजुर
    बाध्य हुनेछु अख्तियारको दैलोमा पुर्याउँन यो
    के सहि तरिकाले आउला न्यायको घाम हजुर?

    २)
    आउँनु तिमी त्यहाँ केही छ को आभास दिन्छु
    पछ्याउँदै  गरेसि  उपायका  सुवास  दिन्छु
    अहँ कसैको  कुरा  नसुनी लम्किनु अगाडि
    तिम्रै  खुट्टा  तानीरहनेको  पर्दाफास दिन्छु।

    ३)
    चौघरामा कैद भएकी हो लगाम लगाएपछि
    नूर गिर्नु स्वभाविकै हो छलछाम लगाएपछि
    पुरुष प्रधान समाजको बाहुल्यता यथावत
    मुख खोल्नै डराउँछे  नीलडाम लगाएपछि ।

    ४)
    बस्ती बगाएको गाउँमा सघाउँन पाए हुन्थ्यो
    वन जोगाउँने कसम खुवाउँन पाए हुन्थ्यो
    स्वार्थपूर्ति खेलमा काटिन्छन् जंगल जथाभावि
    जरै उखेली भ्रष्टाचार भगाउँन पाए हुन्थो।

    ५)
    कस्लाई पोखुँ पीडा भर पेटको ठेगान छैन
    कता पो राहत बाड्दैछ गेटको ठेगान छैन
    संजाल भरि राहत बाडेको तस्विर छ भन्थे
    कठै! अस्तब्यस्त यो बेला नेटको ठेगान छैन ।

    ✍️
    शर्मिला श्रेष्ठ, ललितपुर
    हाल अमेरिका

    One thought on “मुक्तककार शर्मिला श्रेष्ठका पाँच उत्कृष्ट मुक्तकहरू

    Leave a Reply