यस्तो छ जोन्सन एण्ड जोन्सन र भेरोसेल खोप बीचको भिन्नता

  • ६ भाद्र २०७८, आईतवार १४:०४ मा प्रकाशित
  • विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको अहिलेसम्म पनि कुनै खास उपचार हुन सकेको छैन । विभिन्न देशहरुले कोभिड विरुद्ध अध्ययन गरिहेका छन्  तर, अहिलेसम्म कुनै देशहरुले पनि कोभिड नियन्त्रणको प्रभावकारी उपचार पत्ता लगाउँन सकेका छैनन् । कोभिड नियन्त्रणका लागि विभिन्न देशहरुले फरक फरक भ्याक्सिनहरु बनाएका छन् । जसको विभिन्न चर्चाहरु हुने गरेका छन् ।खासगेरी कुन खोप राम्रो भन्नेमा जनमानसमा दुबिधामा देखिएको छ ।

    यस्ता छन् जोन्सन एण्ड जोन्सन र भेरोसेल खोपका फरकहरु  

    -जोन्सन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।

    – जोन्सन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ ।

    – जोन्सन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबडी तयार हुन्छ ।

     – जोन्सन खोप सामान्य लक्षण रोक्न ७२%, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप सङ्क्रमण रोक्न ५० – ७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९०% प्रभावकारी भनिएको छ ।

    – जोन्सन खोपलाई अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन र अफ्रिकन देशमा मान्यता दिइएको छ ।  

    – दुवै खोपले कोरोना सङ्क्रमण सरे पनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् ।

    – ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ । जुन ३९४ दिनमा ठिक हुन्छ ।

    – रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ ।

    – तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् ।

    – दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने निश्चित छैन । समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अवधि थाहा हुन्छ ।

    – आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरूको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भए पनि यी दुवै खोप ध्ज्इ बाट मान्यता प्राप्त र दर्जनौँ देशमा लगाइएका खोप हुन् ।

    – डेल्टा भेरिअन्टको लागि दुवै खोप प्रभावकारी छन् ।

    – दुवै खोप करोडौँ व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर विकास भएका हुन् ।

    – हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यही लगाउनु बुद्धिमानी हुन्छ ।

    Leave a Reply