
थाहा हुन्न नयां नाता, कति बेला जोडीने छ !
ओढी हिडने उहि छाता, हुरी आई तोडीने छ ! !
भर छैन जिन्दगीको, एउटा नाता टुट्यो भने !
नजोडीन सक्छ मुटु, ऐना सरी फुट्यो भने !!
तोडीएको भक्तिएको , जाती मान्न सकिदैन !
स्वार्थी मनको भित्री कुरा, यसै जान्न सकिदैन !
बाढी आउँदा सारथीको, हात कतै छुट्यो भने !
नजोडीन सक्छ मुटु, ऐना सरी फुट्यो भने !!
एउटा त्यान्दो खुशी पाउन, तड्पिएको हुन्छ मान्छे !
विश्वाश र भरोसामा, अड्किएको हुन्छ मान्छे !!
फूट्न सक्छ शिर यदि, असिनाले चुट्यो भने !
नजोडीन सक्छ मुटु, ऐना सरी फुट्यो भने !!
सुशील पराजुली
काठमाण्डौ

