उमेश कुशवाहा,पर्सा

पर्सा जिल्ला को जिराभवानी गाऊँ पालिका २ सेडवा को गरीब, असहाय, एकल महिला तथा लक्षित बर्ग ३२ परिवार लाई बिरंगजको एक परोपकारी मनको धनी आफ्नो नाम उलेख गर्न नचाहने एक दाम्पतिकले आफ्नो चिया नास्ता खर्च कटौती ग़री बचाएको रकम बाट खाद्यान्न सामग्री बितरण गरेको छन।
बितरण सामग्रीमा चामल १बोरा (२५ किलो ),खाने तेल १ बोतल,नून १ किलो ,दाल १ किलोका दरले बितरण गर्नु भएको छ ।

यो पुण्यको काममा भौतिक रुपमा सहयोग ,सामाजिक अभियन्ता प्रकाश थारुले समन्वय गर्नु भएको र .बि.ओ.पोस्ट महादेवपट्टिको प्रमुख सस्त्र प्र. नि. केदार राईले सम्पूर्ण व्यवस्थापन गर्नु भएको थियो।
स्थानीय, बुद्धिजीबी युवा तथा पत्रकार को उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो।

