साउदी सरकार द्वारा अनलाइन श्रमिक सचेतना सर्वेक्षण गर्ने

  • २७ असार २०७८, आईतवार २१:४६ मा प्रकाशित
  • साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा कार्यरत कामदारहरू आफ्नो अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् भनी जान्नको लागि अनलाइन श्रमिक सचेतना सर्वेक्षण गर्ने भएको छ । तसर्थ, साउदी अरबमा रहनुभएका नेपाली कामदारहरूले दिइएको लिंकः استبيان الوعي حول الثقافة العمالية | بوابة الثقافة العمالية (hrsd.gov.sa) मार्फत् साउदी सरकारको अनलाइन श्रमिक सचेतना सर्वेक्षणमा सहभागी भई सहयोग गरिदिन हुन सम्बन्धित सबैमा अनुरोध छ भनि रियाद स्थित नेपाली राजदूतावासले वक्तव्य जारी गरी जनाएको छ !

    Leave a Reply