निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना नभएको मन्त्रालयको स्पष्टोक्ति

  • २७ असार २०७८, आईतवार १६:५८ मा प्रकाशित
  • नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रष्ट पारेको छ। निगमलाई निजीकरण गर्न खोजिएको भन्दै त्यहाँका कर्मचारी आन्दोलनमा उत्रिएपछि मन्त्रालयको आइतबार एक विज्ञप्ति निकालेर यस्तो धारणा राखेको हो।

    निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको मन्त्रालयले स्पष्ट पारेको छ। 

    नेवानीको विषयमा भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै मन्त्रालयले आफ्नो यसप्रति ध्यानाकर्षण भएको समेत बताएको छ ।

    ‘नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, प्रवक्ता तारानाथ अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

    copied:setopati

    Leave a Reply