मुर्ति भई बसे पनि, कोरोनाले छोडेन छ !

  • १९ असार २०७८, शनिबार १४:३४ मा प्रकाशित
  • मुर्ति भई बसे पनि, कोरोनाले छोडेन छ !
    धनि गरीब जो भए नि कुनै साइनो जोडेन छ !!

    संसारकै ध्यान केवल, कोरोना कै वर पर !
    यस्तो लाग्छ दुनियामा, छैन कुनै अरु डर !!
    बाढी पैन्हो झेल्नेलाई, के को डर होला कठै !
    सपनामा पानी मात्रै, देख्दा होलान जता ततै !!

    आफ्नो आफ्नो परिभाषा,आफ्नै हुन्छ व्यथाहरू !
    घर घरमा हुदैं होलान, डरै डरका कथाहरू !!
    डरै डरले जीउन बाध्य, आजको यो मानव चोला !
    पिडा,तनाव, अभाव बिना, जीउन पाए कस्तो होला ?

    सुशिल पराजुली,मकवानपुर

    2 thoughts on “मुर्ति भई बसे पनि, कोरोनाले छोडेन छ !

    1. हार्दिक धन्यवाद हिमालयन दृष्टि परिवार र विशेष धन्यवाद
      भाई उमेश कुशवाहा प्रति ! मेरो रचना लाई प्राथमिकता मा
      राखी प्रकाशीत गरी सार्वजनिक गरी दिन सहयोग गरी दिनु
      भयो !

    Leave a Reply