पर्साको पटेर्वा सुगौलीबाट लागू औषध गाजा सहित एकजना पक्राउ

  • १२ श्रावण २०७८, मंगलवार १०:०० मा प्रकाशित

  • मेघराज राय जिराभवानी सावन १२/

    ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिबाट प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्व मा गएको गस्ती टोलिले गएराती ९ बजे को समयमा पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर ४ को पटेर्वा को दक्षिण पटि रहेको पोखरीको नजिक बाट दुई वटा बोरामा रहेको लागूऔषध अबैध गाजा २७ किलो सहित एकजना लाई पक्राउ गरेको छ।


    पक्राउ पर्नेमा सोही स्थान बस्ने वर्ष ६० को बासुदेव माझी रहेका छन ।पक्राउ गरिएको गाजा सहित माझी लाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने तैयारी भईरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

    Leave a Reply