पप्पु कन्ट्र्कसन को अलकत्रा बनाउने टेन्कर मा अचानक आगलागी

  • १२ श्रावण २०७८, मंगलवार १०:०५ मा प्रकाशित

  • मेघराज राय जिराभवानी सावन १२

    पर्साको जिराभवानी गाउँ पालिका वार्ड नम्बर दुई लाटो माइ मन्दिर नजिक हुलाकी सडक को बिरगंज को लक्षमनवा देखि जिराभवानी को चमरी सम्म निर्माण को ठेक्का लिएका पप्पु कन्ट्रकसन को अल्कत्रा बनाउने ट्याङ्कर मा आज बिहान तीन बजेको समय आगलागी भएको छ ।


    बाटो निर्माण को कार्य भैरहेकै बेला ना १ क १७९९ नम्बर को ट्याङ्कर मा अचानक आगलागी भएको ईलाका प्रहरी कार्यालय सेढवा का प्रहरी नायब निरीक्षक राजाबाबु यादव ले जानकारी दिनुभयो ।


    आगलागी बाट ट्याङ्कर को पछाडि को भाग पुर्ण रुपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ।
    आगोलाइ स्थानीय बासी प्रहरी र पोखरिया नगरपालिका को दम्कल को सहयोग बाट नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरिक्षक रामकाजी थापा ले जानकारी दिनुभयो

    Leave a Reply