
जिजान्, साउदी अरेबिया :- नेपाली महावाणिज्यदुतावासले रहादानी नविकरण घुम्तिसेवा साउदी अरेवियाको जिजानमा सम्पन्न गरेको छ ।यसै सिलसिलामा नि:शुल्क स्वास्थ्य शिबिरको पनि आयोजना गरिएको थियो । जिजान क्षेत्र र त्यस वरपरका शाहरहरुमा रहेका झण्डै १०० श्रमिका हरुको उपस्थिती रहेको थियो । ६३ जानाले राहदानी नविकारण सहजिकरण र झन्डै ८० जनाले नि:शुल्क स्वास्थ्य परिक्षणको सेवा प्राप्त गरेका थिए । धेरैले राहदानी नविकारण गर्नको लागी टाढा रहेको दुतावास र महावाणिज्यदुतावास सम्म गएर राहदानी नविकरण गर्नु पर्ने खर्च र झन्झट बाट मुक्त भएको र नि:शुल्क स्वास्थ्य परिक्षण प्राप्त गरेकोमा धन्यबाद व्यक्त गरेका थिए ।

यस कार्यक्रम सफल बनाउनको लागी व्यबस्थापनको लागी गैर आवासिय नेपाली सङ्घ साउदी अरेबियाका सदस्य एवम जिजान छेत्रीय समान्वय समितिका भुतपुर्व सस्थापक अध्य्क्ष साथै सल्लाहाकार श्री कृष्ण कुमार श्रेष्ठ ज्युले बिशेष भूमिका निभाउनु भएको थियो ।

कार्यक्रममा कन्सुलेट जनरल श्री शत्रुघन पोख्रेल ज्यु, श्रमसहचारी श्री प्रेम उपाध्याय ज्यु, सहचारी श्री झुप पुन ज्यु र अन्य सहयोगी दिनेश पण्डित र सुजन पाण्डेको उपस्थिती थियो । यसै गरी कार्यक्रममा गौर आवासिय नेपाली सङ्घ अन्तराष्ट्रीय समान्वय परिषदका सदस्य एवम पिएनसिसी आउटरिच को-अर्डिनेटर श्री नारायण पास्वान ज्यु, गैर आवासिय नेपाली सङ्घ रास्ट्रीय समिती साउदिका बारीष्ठ उपाधक्ष श्री धुर्व्र रिजाल ज्यु र सदस्य श्री राम बहादुर क्षेत्री को पनि उपस्थिती रहेको थियो । नि:शुल्क स्वास्थ्य परिक्षणका लागी डा. श्रीमती बसरा खातुन र सहयोगी प्रमिला जि. सिको पनि उपस्थिती थियो ।
जिजान छेत्रीय समान्य समितिका बर्तमान अध्यक्ष खुम बहादुर सार्किको सभापतित्वमा छोटो औपचारिक कार्यक्रम गरी सुरु गरिएको थियो यस सिलसिलामा श्रमिक हरुलाई सामान्य स्वास्थ्य ज्ञान र अन्य समस्या हरुको बारे बक्ताहरु श्री शत्रुघन पोखेल ज्यु र डा. बसरा खातुनले बताउनु भएको थियो । यस बाट धेरै नेपाली श्रमिक हरुलाई फाइदा पुगेको छ ।
नेपाली महावाणिज्यदुतावासको यस घुम्ती सेवा कार्यक्रममा गैर आवासिय नेपाली सङ्घ जिजान ( खुम ब सार्कि- अध्यक्ष , शन्तोस परियार – उपाध्यक्ष , पृतम आले – उपाध्यक्ष , होमनाथ रेग्मी – सचिव ,दिपक थापा – सह सचिव , नयन गौरी – कोषाध्यक्ष , क्षितिज ओलि – प्रवक्ता , सदस्य हरु क्रमश्: हिरा ढुङ्गाअना, प्रेम ढुङेल चुत्र आले , ईश्वर श्रेष्ठ ,पन्जिकृत सदस्य हरु क्रमश्: सुर्य , गणेश लामिछने, जिवन मगर र सल्ल्हाकार केशव्ब राइ लगायत ) ले पुर्ण सहयोग गरेको थियो ।

