कुवेतको तापक्रम ५३.३ डिग्री पुग्यो, पृथ्वीकै अत्यधिक गर्मीको रेकर्ड

  • २४ असार २०७८, बिहीबार १७:१० मा प्रकाशित
  • काठमाडौँ– कुवेतको उत्तरी शहर अल–जहराको तापक्रम ५३.५ डिग्री सेल्सियस पुगेको छ । गत आइतबार मापन गरिएको यो तापक्रमले कुवेत विश्वकै सबैभन्दा बढी गर्मी हुने स्थानमा दरिएको छ ।
    बढ्दो तापक्रमले गर्दा दैनिक जनजीवन प्रभावित भएको छ भने त्यहाँका रेष्टुरेन्ट तथा बजारहरु बन्द गरिएका छन् । बाटोमा पैदल यात्रीको संख्या पनि शून्यमा झरेको छ । गत साता कुवेतको अधिकतम तापक्रम ५० डिग्री मापन गरिएको थियो ।
    एक निर्माण कम्पनीका मालिक मोन्सुर अल–ओतइबीले अत्यधिक गर्मीका कारण आफ्नो कम्पनीमा कार्यरत मजदुरहरुले काम गर्न नसकेको बताए । बढी तातोले कम्पनीमा फलामजन्य सामानहरुको ओसारपसारमा समस्या परेको उनको भनाइ छ ।
    सामाजिक सञ्जालमा पोस्ट गरिएका तापमापक यन्त्रमा छाँयामा ५३ डिग्री र घाम लागेको समयमा ७० डिग्री तापक्रम देखाएको छ ।
    कुवेतको छिमेकी मुलुक इराक र इरानको तापक्रम ५१ डिग्री छ ।

    Leave a Reply