गुरुपूर्णिमाको अवसरमा आयोजित ‘टुक्का लेखन अभ्यास शृङ्खला- १४’ सप्पन्न, ४९ जना टुक्काकारहरूको सहभागीता

  • ९ श्रावण २०७८, शनिबार २२:५९ मा प्रकाशित
  • अभ्यासमा सहभागी टुक्काकारहरू

    टुक्का लेखन अभ्यास शृङ्खला -१४ मा सहभागी टुक्काकारहरूद्वारा रचित उत्कृष्ट टुक्काहरू

    @ १

    सर्वप्रथम मेरी  ममतामयी आमा नै गुरु,
    मेरा बाबाले अक्षरारम्भ गराइ दिए सुरु।

    गुरुका  चरणमा  पुष्प अर्पण गर्दै आदर,
    दुई कर जोडी टक्र्याउँछु नमस्कार सादर।

    ज्ञानगम्य  सारा  मनन गर्न  सकुँ खुरुखुरु,
    पथप्रदर्शक जताका  भए नि सव हुन् गुरु।

    गुरु विना असम्भव संसारका ज्ञानोपार्जन,
    सदा आभारी छुँ गुरु प्रति जे जति छन् आर्जन।
    शर्मिला श्रेष्ठ,ललितपुर
    हाल अमेरिका ।

    @ २
    १.
    माता र पिता ती पहिला गुरु संसार देखाउने,
    जीवन भाेग्न सिकाउने उनै भविश्य लेखाउने।
    २.
    हरेक माेडमा अनेकाैं गुरु सबैलाई नमन
    सुमार्ग देखाई अज्ञान ती सबै पारेथ्याै शमन।
    ३.
    सदैव मिलाेस् अाशिर्वाद गुरुकाे चरण
    सुकर्म र नैतिक शिक्षा बुद्धिकाे भरण ।
    ४.
    गुरुकाे ज्ञान पाएर हाम्राे धन्य छ जीवन,
    गुण गान गाअाैं चढाई सधैं श्रद्धा सुमन।
    ताराप्रसाद चापागाईं

    @ ३
    १.
    गुरुबिना जिन्दगानी थियो कालो
    गुरुवाणीले हटायो कालो जालो।
    २.
    अक्षर के हुन् कनिकुथी हेर्थेँ
    गुरु भेट्दा कान्छी औंलामा बेर्थेँ।
    ३.
    आजको पदवी गुरुकै देन
    गुरुबिना कसैले केही गरेन।
    ४.
    गुरुको नाममा चेली लुटेका कथा
    सुन्दा सुन्दै मुटु यो फुट्छ बढ्छ व्यथा।
    पौडेल विमुन्स,पाेखरा

    @ ४
    १.
    हजुर  हो   गुरुदेव  मलाई   अक्षर   चिनाउने,
    यो दुनियाँमा सक्षमता अनि योग्यता  दिलाउने।
    २.
    माया  गरौँ आदर गरौँ गुरु आमा गुरु बा लाई
    बाबा आमा छरछिमेकि दिदि बहिनी दाजु भाई।
    ३.
    हामीले जति सिकेका छौँ गुरु नै हुन्  सिकाउने,
    पद  प्रतिष्ठा  सम्मानले  बिश्वभरी   बिकाउने।
    ४.
    ताते हिड्न थाले देखि अहिले सम्म जति जाने,
    सिकाउने गुरु को  नै आशिर्वाद र माया ठाने।
    नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ
    (हाल: गोदावारी,ललितपुर)

    @ ५

    १•
    दर्शन म गर्छु सदा शिर यो झुकाई
    पुजनीय मातापिता अनि गुरुलाई।
    २•
    हृदय नै खोलिकन दिनुहुन्छ ज्ञान,
    उब्जिएका समस्याको गरी समाधान।
    ३•
    मेरा गुरु मेरा निम्ति ज्ञानको भंडार,
    भुल्न कसै सक्दिनॅ म छोडे नि संसार।
    ४•
    एकलब्य जस्तो चेला नबनेता पनि,
    शब्द गुच्छा चढाउॅला गुरुभेटी भनी?
    घनश्याम पौडेल,
    सृजना चोक, पोखरा।

    @ ६

    १.
    जन्माएर यहाँ धर्तिमा पाईला टेकाउँने,
    पहिलो गुरु बाआमा संसारमा देखाउँने।
    २.
    शिक्षा दिन्छन्  हामी लाई बिद्यालयमा अनमोल,
    दोश्रो गुरु मान्छौँ हामी सुनचाँदीमा हुन्न तोल।
    ३.
    जहाँ बसेनी भोजन गर्छौं तेश्रो गुरु किसान जानी,
    बाली अन्न उब्जाएर मेहनती यहाँ धेरै छन् ज्ञानी।
    ४.
    आत्मा ज्ञान दिन्छन् हामी लाई गाईत्री मन्त्र  जप्नू भन्छन्।
    यीनै हुँन् हाम्रा पाँचौं गुरु  महापुरूष हरुले गन्छन्।
    कमला हरिमाया पाण्डे पराजुली, झापा

    @ ७

    मातापिता अनि गुरुवर्ग हुन, मेरा निम्ति भगवान,
    नतमस्तक रहन्छु सदा गर्दै शिर झुकाइ सम्मान ।

    शिक्षा मिल्यो गुरुवर्गबाट खुल्यो ज्ञानको ज्योति,
    शिक्षा नै रहेछ जीवनमा अमूल्य हिरामोती ।

    आज जे छु जहाँ छु गुरुवर्ग हुनुहुन्छ कारक,
    अशिक्षा र अन्धकार म भित्रको कुशल मारक ।

    सक्दिन म एकलब्य झै भेटी औंला काटि दिन्,
    चाहान्छु म पावन दिनमा गुरुवर्ग संझिन् ।
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    @ ८
    १.
    शिक्षक अाफैं हुरुरु बलेर ,,
    प्रकाश छर्छन् मैनझैं जलेर ।
    २.
    कहिल्यै   गुरुलाई   नगर्नु  है हेंला ,,
    डुङ्गा बनी नदी तार्या हुन् काेही बेला ।
    ३.
    पुज्य हुन्छन् जहिले  नि गुरु ,,
    छर्छन्   ज्याेति   बलेर  हुरुरु ।
    ४.
    नङ र मासुजस्तै हुन् गुरु अनि शिष्य ,,
    बनाइदिन्छन् गुरुले उज्यालाे भविष्य ।
    थापा रुद्र
    भानु – ११ , तनहुँ

    @ ९

    १.
    सुन्नुहवस् कुराे भन्छु एउटा
    गुरु जस्तो काेही छैन देउता ।
    २.
    गुरुले नै बनाइदिन्छन् मान्छे सबै  ठूला
    उनैले टालिदिन्छन् सबै अज्ञानका  दुला ।
    ३.
    शिक्षा दिन्छन् अरुलाई अाफु सधैं नै  जली
    मान्छे अाफैँ खराब बन्छ गुरुलाई छली ।
    ४.
    गुरुले नै शिष्यकाे उद्धार गर्छन्
    खाली दिमाग सुविचारले भर्छन् ।
    लक्ष्मी घिमिरे दहाल, दमक ७ झापा

    @ १०

    १.
    हात समाई अक्षरै लेखाउने,
    गुरुले नै हाे भविष्य देखाउने ।
    २.
    नदी बगरका माझी हुन् गुरु,
    चेला तारी  उडाउँछन् भुरुरु ।
    ३.
    गुरु पनि बाअामा समान,
    तिनीलाई   पराई   नठान ।
    ४.
    गुरुज्यूले देखाएकाे बाटाेमा,
    हिंडौं हामी मान गरौं साटाेमा।
    शर्मिला कार्की “शरु”
    पैंयुँ – २ , पर्वत

    @ ११

    १.
    ज्ञान गुनका कुराहरू सिक्नलाई गरें शुरु,
    कान समाएर सिकाउने कहाँ छन् मेरा गुरु॥
    २.
    दुई चार अक्षर चिने पछि साक्षर म भएँ,
    उफ्री उफ्री सिकाउनलाई त गुरु हुन गएँ।
    ३.
    त्यति छिटो सजिलै कहाँ पाईन्छ गुरु हुन,
    सबै बिषय थाह नभए पर्छ आफैं रुन।
    ४.
    बा,आमा र गुरु हुन भगवान,
    गर्नु पर्छ सँधै हामीले सन्मान।
    पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    @ १२
    १.
    गुरु भन्दा चेला जान्ने
    बिना गल्ति झाप्पु हान्ने।
    २.
    गुरु बिना शिष्यको पाईला चल्दैन ,
    असल ब्यक्तिले कहिले नि छल्दैन।
    ३.
    जसलाई जति बाडे पनि ज्ञान रितिदैन ,
    बिना बुद्धिबिबेकले कतै केहि जितिदैन।
    ४.
    सबैले जिन्दगीमा भलो काम गर्नुपर्छ ,
    आफु भित्रको ज्ञान सबैलाई छर्नुपर्छ
    उषा के.सी., ललितपुर

    @१३
    १.
    महान हुन् गुरुहरू जसले शिक्षा दिने गर्दछन्  ,
    नजान्नेलाई पनि सिकाएर नयाँ बाटो भर्दछन् ।
    २.
    शिक्षकले आफ्नो कर्तव्यहरू  पुरा गरेर ,
    ज्ञान छर्दछन् सबैलाई मिठो माया भरेर ।
    ३.
    कहिल्यै कसैको गलत सोच्ने नहोस् बानी ,
    गुरुलाई सम्मान गर्नुपर्छ आफ्नै  ठानी ।
    ४.
    असल गुरुलाई सबैले  भगवान समान ठान्नु ,
    बाटो देखाउने जीवनको अमुल्य योगदान मान्नु ।
    रिता खराल, रुपन्देही

    @ १४

    १.
    हात भरि धुलो थियो शरीर सबै मैलो,
    गुरुजनले पखाले खुल्यो ज्ञानको दैलो।
    २.
    ज्ञान नभएमा शिखर छुँदैन,
    बिना गुरु ज्ञान कहिले हुँदैन।
    ३.
    गुरु नै हुन जीवनको पाठ लेखाउने,
    सही मार्गमा भविष्यको बाटो देखाउने।
    ४.
    गुरुजनको ज्ञानले झोला भर्नुपर्छ,
    साटोमा उनलाई सम्मान गर्नुपर्छ।
    प्रकाश बुढाथोकी
    असम भारत।

    @ १५
                                  
    १.
    दर्सन गर्छु प्यारो नेपाल कै गुरुलाई ,    
    राम्रो शिक्षा मैले हजुर जिन्दगीमा पाई ।  
    २.
    साथी संगीनी हेला गर्ने च्यात्तिएको लुगा ,    
    गुरुले भन्ने गर्थे नानीको सोचेको पुगा ।    
    ३.
    कति प्यारो लाग्थ्यो मलाई गुरुको नाता ,
    मुस्कान छोडि पल्टाएको किताबको गाता ।                                                    
    ४.
    कुनै दिन त गुरुबाट पिटाइ खाइयो,      
    यस्तो लाग्छ जीवनको सबै ज्ञान पाइयो ।    
    कान्छी बिनिता विश्वकर्मा, बाजुरा

    @ १६

    १,
    आफ्नो ज्ञान संधैं हामीलाई दिन्छन्
    शिष्यको निम्ति समय पनि लिन्छन्।
    २,
    निस्वार्थ सेवा गुरूले गर्छन्
    बिद्यार्थीलाई ज्ञानले भर्छन् ।

    आफू हारेर अरूलाई जिताउने शिक्षक हुन्
    शिक्षाको दियोले उज्यालो बनाउने उनै जून।

    सहन तयार छ्न्  निम्ति जे पनि उनी
    आफ्नोमा भएको सबै ज्ञान दिन्छन् गुनी।
    प्रशान्ति राई
    सामसिङ्ग खासमहल, कालेबुङ

    @ १७
    १.
    पहिलो अक्षर क,ख ग हात समाई लेखाउने
    अामा बाबा पछिकाे गुरु नै हाे  भविस्य देखाउने।
    २.
    अामाबाबा र गुरुहरु मेरो लागि भगवान,
    सधैं गर्छु उहाँहरु लाई नै धेरै म सम्मान।
    ३.
    अामाबाबा जस्तै हुन् गुरुहरु नै समान,
    उहाँहरु लाई कहिलै पराई नठान।
    शाेभा अर्याल
    बुटवल -१४ रूपन्देही

    @ १८
    १.
    गुरुलाई ब्रम्हा बिष्णु महेश्वर भन्छन्
    स्कुल छोडेपछि आफैलाई ठूला गन्छन् ।
    २.
    अक्षर चिनाउने गुरु पुज्य हुन्छन्
    उनैले जीवनको दु:ख पनि सुन्छन् ।
    ३.
    जीवनमा सही बाटो देखाउने हुन् गुरु
    उनीबाट नै जीवनको बाटो हुन्छ शुरु ।
    ४.
    सिकाउने गुरु हुन् जोड घटाउ गुन्न,
    तिनलाई हामीले ॲह बिर्सनु हुन्न ।
    राजेशराज गडतौला
    रतुवामाई-१०, मोरंग
    हाल- प्रवास

    @ १९

    १.
    नमन गदर्छु म  सदैव शिर झुकाई
    पहिला गुरु पूजनिय बाआमालाई ।
    २.
    पहिलो गुरु आमा हात समाई अक्षर लेखाउने
    बाबाआमा पछिका गुरु हुन् जुन  भविस्य देखाउने ।
    ३.
    बाआमा र गुरुलाई गर्नेपर्छ  सम्मान
    उहाँहरूलाई कहिल्यै पराई नमान ।
    ४.
    एकपटक हैन सधै गर्नु पर्छ सबै प्रति सम्मान
    पढाईमा भन्दा व्यवहारिक हुन बढ।औ ज्ञान।
    दुर्गा भट्टराई, मोरङ

    @ २०
    १.
    ज्ञान देउ बुद्धि देउ देउ न विवेक धर्म,
    गुरु बनी यो जगतमा सिकाइदेउ कर्म।
    २.
    पाप हैन तिमिले धर्म गर्दैजाउ,
    गुरुको ज्ञानले मस्तिष्क भर्दैआउ।
    ३.
    अक्षर होइन मैले तिम्रो अवस्था हो पढेको,
    भन्थ्यौ तिमी गुरुको ज्ञानले हो अगाडि बढेको।
    ४.
    तयार छु म सिक्न सधैं तिमिले पढाएको,
    खोइ त मलाइ असल बाटोमा बढाएको।
    मुक्तिनाथ अधिकारी
    भरतपुर,चितवन

    @ २१
    १.
    जन्मदिने मेरी माता पहिलाे शिक्षा दाता ,
    पिता मेरा सर्वज्ञाता मेरा खाता पाता ।
    २.
    बिद्यालय जान थालें फेलापारें गुरु
    कखगघ भनी हालें पढें खुरुखुरु।
    ३.
    अङ्क गन्दा अाैला देखाई सिकाउथे हेर
    ए बी सी डी अङ्ग्रेजीको सिकियाे त्यति खेर।
    ४.
    लाेभ लाभ गरी ठग्नु हुन्न भन्थे गुरु ,
    नगरेर लाेभ अाज ध्यान गरेँ शुरु।
    रामकृष्ण दुवाडी, पाेखरा ।

    @ २२
    १.
    हाम्रो गुरु त प्राकृतिक पनि हुन,
    उन्लेपनि दिएकाछन धेरै गुन।
    २.
    बेला बखतका उल्झनहरू पनि त गुरु,
    जसले हामीलाई शिक्षा दिन गर्छन शुरु।
    ३.
    हामीलाई जनम दिएर त माता पिताहरू
    बनेका हुन्छन् उनीहरु गुरु सुरु शिक्षा अरू।
    ४.
    जस जस बाट शिक्षा लियौँ ति सबै हुन गुरु,
    बेला बेलामा दिए योगदान गन्न गरौँ सुरु।
    सुरेशकुमार पान्डे,
    दाङ घोराही १८

    @ २३

    १.
    साथीकोझैँ सम्बन्ध हुन्छ गुरु चेला,
    स्कूलबाट नै आउँदा भयो अबेला ।
    २.
    असल शिक्षा दिने मेरी गुरुआमा ,
    पढ्न जाँदा लगाउने यहीँ  हो जामा।
    ३.
    बाबा ,आमा र गुरु हुन् मेरा भगवान्,
    शिक्षा दिई मलाई बनाऊ गुणवान् ।
    भगवती दवाडी ,झापा, दमक

    @ २४
    १.
    शिक्षक अनि चेलाको अजम्बरी नाता
    सुरक्षा गर्छ जसरी किताबको गाता।
    २.
    अज्ञानता हटाएर ज्ञानकाे सागर छर्न
    मन लाग्छ गुरुबर्गमा सधै सम्मान गर्न।
    ३.
    उच्चारण गर्न पाउदा पनि खुशी हुन्छ मन
    बाबा आमा पहिलो  गुरु सम्मानजनक धन।
    ४.
    पाइन्छ भने हर क्षेत्रमा आदरणीय गुरुको साथ
    देबि देवता पनि धर्तीमा ओर्लेर चुमिदिन्छन माथ।
    ईश्वरी अधिकारी, लमजुङ

    @ २५
    १.
    तिमीले शिक्षा बेच्छौ म किनेर पढ्छु
    व्यापारी हु नि मनपर्ने गाडी चढ्छु
    २.
    मलाई चाहिदैन डाक्टर पाइलट हुन
    अहिले कोही त  आउदैन गुरु पाउ छुन
    ३.
    मलाइ बैँसमा पैसा चाहियो बेचेँ शिक्षा
    थुक्क म गुरु आज आफू माग्दैछु भिक्षा
    रघु न्यौपाने

    @ २६

    १.
    गुरुहरुको सम्मान र ईज्जत गर्न जान्नुपर्छ ,
    नजानेको कुरा सिकाउँदा ज्ञानि भई मान्नुपर्छ ।
    २.
    सत्य युगमा गुरुलाई मान्थे ब्राह्मण थरका,
    पहिलो गुरु बाबा र आमा सुन आफ्नै घरका ।
    ३.
    सानो ठूलो केही हुन्न शिक्षा दिने गुरु,
    जान्नै पर्ने कुरा मानी सिकौं खुरु खुरु।
    ४.
    गुरु र शिष्य दुवैमा हुन्छ ज्ञान बराबर,
    सानो मन नगरेर सिक्दै जाऊ सरासर ।
    ललिता अभागी, सिन्धुली

    @ २७
    १.
    आ-आमा पहिलो गुरु संसारलाई नै देखाउने ,
    उनैप्यारा गुरुहुन् मेरा धर्तीलाई टेकाउने ।
    २.
    बुद्धि ज्ञान अर्ती दिई साक्षरता बनाउने,
    शिक्षक गुरु हुन् मेरा बिद्या बाटो देखाउने।
    ३.
    गुरु बाट नै त्यो ज्ञान पाइन्छ,
    बिद्या सिक्न गुरु ज्ञान चाइन्छ।
    ४.
    जसले बिश्वमा पहिलो बिद्या देखाए,
    उनैले नै अगाडि गुरु नाम लेखाए।
    वेदु न्यौपाने, काठमाडाैं

    @ २८
    १.
    जहाँ मिल्छन गुरू अनि शिष्य,
    उज्ज्वल हुन्छ शिष्यको भविष्य ।
    २.
    बा-आमाले संसारमा टेकाउँछन्,
    जिउने मार्ग शिक्षक देखाउँछन्।
    ३.
    गुरूले अन्धता फाँडेर हिंडाउँछन् बाटो
    विद्यार्थीलाई चिनाउँछन जन्मेको माटो।
    ४.
    ज्ञानको पुन्ज गूरूको सम्मान त गरौं
    गुरू सामु कहिल्यै अभिमानी नपरौं।
    भूषण जंग, अस्ट्रेलिया

    @ २९
    १.
    गुरु हुन् उज्यालो ज्योति दिने
    हामी ज्ञान लिने  कि  नलिने ?
    २.
    बाआमा र गुरु पुज्ने
    हुनुपर्छ  ज्ञान बुझ्ने ।
    ३.
    के बनाउने काँचो माटोको?
    यात्री हो नि शिष्य दोबाटोको !
    ४.
    गुरु नदीको माझी
    शिष्य बन्दछ  काजी ।
    रिजाल विनोद
    बेलबारी२ मोरङ

    @ ३०

    १.
    नगरौ  हेला शिक्षकलाई
    बुझौँ न ठूला दिक्षकलाई।
    २.
    बाटो नै देखाउने गुरु
    लेखाइ सुधराइ सुरु।
    ३.
    हृदय देखि नै सम्मान छ गुरु
    बाटो बिर्सने छैन हिडाइ सुरु।
    ४.
    खुल्ला आकाश त्यो बादलले छेक्छ
    भविष्यको बाटो शिक्षक ले लेख्छ।
    नबिन जोशी
    प्रदेश ७ कैलाली

    @ ३१

    १.
    गुरू नै ब्रह्म, गुरू नै बिष्णु , गुरू नै त महेश हुन् ,
    गुरूले लाएको हामी सबैले बिर्सनु हुन्न  गुण ।
    २.
    गुरूनै हुन्  सबैलाई ज्ञान दिने,
    निस्वार्थ सेवा दिई केही नलिने ।
    ३.
    शिष्य नभई गुरूको हुँदैन काम,
    गुरू नभए शिष्यको हुँदैन नाम ।
    ४.
    गुरूनै हुन् जन – जनमा ज्ञान भर्ने,
    अन्धकार हटाएर प्रकाश छर्ने ।
    राजेन्द्र  प्रधान पासा, दार्जिलिङ्ग

    @ ३२
    १.                                        
    ज्ञान हाम्रो प्रकाश हो अज्ञान अन्धकार ,
    गरौं ध्यान गुरुको हात जोडी नमस्कार।
    २.                                           
    गुरु नभए ज्ञान काहा पाइन्छ ?
    अज्ञान हटाउन गुरु चाहिन्छ।
    ३.                                
    गुरु नै हुनुहुन्छ सबको महान,
    जस्ले दिनुहुन्छ सकारात्मक ज्ञान।      
    अम्बिका गिरी

    @ ३३
    १.
    गुरु त्यो हो जसले, चिर्दछ घोर अन्धकार,
    जीवनको हर परीक्षा, लगाइदिन्छ पार ।
    २.
    सत्य के हो ? कर्म के हो ? के हो धर्मको आधार?
    गर्दैन उनले कुरा जो, हुन्छ है निराधार ।
    ३.
    गुरु बिना सफल कहाँ ? हुन्छ ज्ञान अपुरो,
    अल्प ज्ञानले जीवन पनि, हुन्छ है अधुरो ।
    ४.
    गुरुबाट पाएँ शिक्षा, बढाएँ जीवनपथ
    खुशी औ वैभव जोडेँ, चलाई जीवनरथ ।
    गोपाल कृष्ण डंगोल
    महाराजगञ्ज, काठमाण्डू
    हाल: इटहरी

    @ ३४
    १.
    आध्यात्मको शिक्षा ज्योति सदा छर्ने गुरु
    ज्ञानको पानापल्टे गरे अध्याय सुरु।
    २.               
    दियो झेँ रुपलिई ऊर्जा  छर्ने देशमा
    संसारभरि छरछन् चरीको भेषमा।
    धनुष न्याैपाने, सुर्खेत ।

    @ ३५

    मलाई जन्म  पनि दिएँ,
    बाआमा मेरा गुरु थिएँ।

    जति  गरे पनि पुग्दैन वयान,
    अब्बल छ मलाई दिएको ज्ञान।

    जस्तै परिस्थिति अाअाेस भुल्ने छैन मैले कुनै दिन,
    सम्झिन्छु ती मेरा पहिला गुरु बा-आमा हरेक छिन।
    जगत थापा, बझाङ्ग

    @३६
    १.
    ज्ञानको ज्योति फैलाई दिने ती मेरो गुरुको
    जन्माई दिने उजेली आमा गुरु हुन् शुरुको ।
    २.
    जलेर आफू उज्यालो दिने गुरुको शिक्षाले,
    दक्षिणा दिई नमन गर्छु श्रद्धाको भिक्षाले ।
    रचना मोक्तान “यात्री”
    नमोबुद्ध न. पा.  ५ , काभ्रे ।

    @३७

    पाइला अल्मलिएर पुगिदैन गन्तब्य नभए गुरु
    गुरुको निर्देशनले नै प्रसस्त हुन्छ मार्ग खुरु खुरु ।

    सबैले मनै देखि गर्नु पर्दछ मनन
    गुरुलाई गर्नु पर्दछ स -भक्ति नमन ।

    दोहर्याउने भ्राता , कर्म दिने पिता , जन्म दिने माता
    गुरु साक्षात देवता , बुद्धि , विवेक , बिद्या , सीप दाता ।
    बिके माकजू, भक्तपुर

    @३८

    बाँडेर ज्ञान सिगार्ने माथ जादु छ गुरुमा,
    जानेर काेही आउन्न यहाँ जन्मदै शुरुमा ।

    मनकाे मैलाे पखाली धनकाे दैलाे उघाराैं,
    गुरुमा श्रद्धा चढाइ भावना शुद्ध उतारौं।

    झुकाइ शिर फुकाइ दिल परे है शरण,
    खुल्दछन् ढाेका ज्ञानका सबै गुरुकै चरण ।

    घमण्ड, घृणा क्रोध र मोह निकाली फालेर,
    विवेक,बुद्धि  भर्दिन्छ्न् गुरु सद्भाव पालेर।
    त्रिलोचन भण्डारी
    मेचीनगर १०, झापा

    @ ३९
    १.
    जिन्दगीका ती बाटा लामा यात्रा पनि लामा,
    आमा  मेरो  जिन्दगीको  पहिलो गुरुआमा ।
    २.
    जिन्दगीको कठिन यात्रा जब भयो शुरु,
    पथप्रदर्शक  भै  निस्के  उनै  मेरो  गुरु ।
    ३.
    गुरुको अर्ती तीतो नै हुन्छ नमीठो नमान,
    उज्यालो तिर डोर्‍याउने ती देवता समान ।
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    @ ४०
    १.
    हात समाइ कखरा सिकाई ज्ञान दिनुभयो,
    गुरु हजुर महान  मान , सम्मान लिनुभयो।
    २.
    मातापिता भन्दा अग्लो कद छ संसारमा
    संसारै अडेको  छ गुरुकै  स्वच्छ प्यारमा ।
    लक्ष्मण समिर, बर्दिया
    हाल काठमाडाैं

    @ ४१
    १.
    शब्द उच्चारण सिकाउने अामा हाे सुरु
    जिन्दगीकाे पहिलाे पाठ अामा नै हाे गुरु ।
    २.
    रहर लाग्याे मनै देखि पढ्न लेख्न इच्छाले
    ज्ञान ज्याेती देखाउनु भयाे गुरुकाे शिक्षाले ।
    ३.
    राम्रो बाटाे डाेर्याउने सबै मेरा लागि गुरु
    नयाँ, सहि कदम देखाउनु गर्छु म सुरु ।
    कविराज तामाङ, काभ्रे ।

    @ ४२

    जन्मेदेखि नमरुन्जेल सबै गुरु हुन् सिकाउने,
    श्रद्धा गर्छु सहज जिउन बाटो सधैँ देखाउने।
    म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर
    हाल:-जापान

    @ ४३
    १.
    गुरुबिनाको ज्ञान पूर्ण हुँदैन
    गुरुको महिमा पहिचान छैन ।

    गुरु प्रेरक प्रभात सरी
    गुरु नमन ज्योति छरी

    गुरु चरणको नै भक्ति गरी
    पाउनु ज्ञान अमूल्य जसरी

    आमा बा घर परिवार प्रथम् गुरु
    यहीबाट हुन्छ अभ्यासहरु सुरु ।
    पुष्पासायरा, बिराटनगर ।

    @ ४४
    १.
    गुरुका चरणमा शिर निहुर्याई,
    सुखी बन गुरुका सदिच्छा पुर्‍याई ।
    २.
    कुखुरोबाट पाएथे गौतम बुद्धले ज्ञान,
    सम्मान गर्नुपर्दछ गुरुको सदैव जान ।
    ३.
    अस्थिर मन हुँदा गुरूसामु गइन्छ,
    बुबाआमा ती गुरु पुजाैं धन्य भइन्छ ।
    रचना शर्मा प्रतीक्षा
    ल. पु., इमाडोल ।

    @ ४५


    उनैबाट भएको. थियो जिन्दगानी सुरु
    आमा नै हुन् मेरो जीवन दिने पैलो गुरु ।

    हरेक पल आसिक दिई हौसला बढाउने
    बाबा मेरा दोस्रो गुरु साउँ अक्षर पढाउने ।

    राखेर ठूला ठूला ती तस्बिर फेसबुकको भित्तामा
    हुँदैन गुरु सम्मान बरु राख न मनको कित्तामा ।

    काँचो माटोसरि थिएँ तिमीले नै दियौ निश्चित आकार
    झोलाभरि बोकेका मीठा सपना बनाइदियौं साकार ।                                                                            
    श्रीकृष्ण शर्मा, पोखरा

    @ ४६

    अज्ञानता हटाई ज्ञान सिकाउने,
    भगवान गुरु संसारमै टिकाउने।

    गुरुकाे गुणलाई सकिन्न तिर्न
    अाज्ञा हाेस सदा सुमार्ग छिर्न।
    काजी तामाङ ग्याबा
    चैनपुर – ४, संखुवासभा

    @ ४७

    शिक्षक र विद्यार्थी हामी बिचमा छ बलियो नाता,
    च्यातिन्छ जतन गर भन्नू हुन्छ किताबको गाता।

    अज्ञानता लाई हटाइ ज्ञान दिने गुरु,
    राम्रो काम सिक्न आमाको काखमा नै सुरु।

    शिष्यहरूलाई लक्ष्यको उचाई देखाउने,
    गुरुनै हुनु सुमार्गमा अगाडि बढाउने।
    साधना पाैडेल, अाेखलढुंगा

    @ ४८
    १.
    गुरुमा हुन्छन् अनेकौं ज्ञानको भण्डार,
    पढाएर  उज्यालो  बनाउँछन् संसार।
    २.
    गर्छन् काम बालबालिकालाई पढाउने,
    महान् व्यक्ति पाे हुन् गुरु बाटो देखाउने।
    ३.
    जहिले राम्रो कुराको गर्नेछु गुणगान,
    गुरुलाई सधैं नै मन देखि छ सम्मान।
    लालीमाया थापा मगर
    प्युठान

    0 thoughts on “गुरुपूर्णिमाको अवसरमा आयोजित ‘टुक्का लेखन अभ्यास शृङ्खला- १४’ सप्पन्न, ४९ जना टुक्काकारहरूको सहभागीता

    1. हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका। विशेष आभारी छौँ वसन्त अनुभव सर प्रति

    2. हार्दिक बधाई छ सबै टुक्का सर्जकलाई ।।

    Leave a Reply