
गुरुप्रति श्रद्धा! नमन (ललिता छन्द)
~~~~~~~~~~~~~
संसारमा गुरुहरू थिए हरि
जो नित्य पूज्य बनिए प्रभा छरी
संसर्गले मनुज ती उतारिए
विद्या रसास्वदनले निखारिए।।
नौला कुरा अवनिका निकालिए
जो गर्भमा धरणीका खुलाइए
यो जिन्दगी सफल होस् विचारमा
यो वन्दना छ गुरवे हियारमा।।
छन् जो सुसुप्त प्रतिभा उजागर
गर्ने उनै सुखद हुन् प्रभाकर
आशिर्वाद मिल्यो र जगमा उँचाइ छ
मिल्दै गयो सफलता भनाइ छ।।
यस्ता सुधा मिलिरहून् सदा सदा
उत्कर्षमा पग बढून् जताजता
भन्छन् र ब्रह्म रसले उचाल्दछन्
जो हुन् शिला पनि मथी पगाल्दछन्।।
पृथ्वी उज्यालिन पुग्यो तिमी हुँदा
हे ईश दुख्छ मुटु यो तिमी रुँदा
यस्ता प्रदर्शक तिमी बनी गुरु
विद्या भयो किरण ज्योतिको सुरु।।
✍️
पौडेल विमुन्स


हार्दिक आभार हिमालयन दृष्टि तथा वसन्त अनुभव सर प्रति। आज गुरुपूर्णिमा को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। संसार भर रहनूभएका गुरुहरूमा अभिनन्दन।