पोर्चुगलमा कार्यरत एक नेपालीको मृत्यु

  • ६ असार २०७८, आईतवार ०९:०२ मा प्रकाशित

  • दोहा- वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक नेपालीको मृत्यु भएको छ ।

    काभ्रेपलाञ्चोक स्थायी घर भई करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका प्रदीप तामाङको गत बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ, (एनआरएनए ) पोर्चुगलले जनाएको छ ।

    त्यहाँको लिस्बोनस्थित आईपीयो अस्पतालमा उपचाररत तामाङको सोही हस्पिटलमा भएको मृत्यु भएको हो ।

    मृतक तामाङको अन्तिम दाहासंस्कार आज आईतवार विहान १० वजे सिमितेरियो म्युनिसिपाल दि कामारातेमा हुने एनआरएनएले जनाएको छ ।

    Leave a Reply