चार्टर्ड उडानको नाममा चर्काे रकम असुली ।

  • ४ असार २०७८, शुक्रबार ००:२८ मा प्रकाशित

  • अनिल आचार्य, साउदी अरब
    नेपाल सरकार द्वारा कोभिड-१९ को रोकथाम का लागि देशभरिनै लक-डाउन गर्दै अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरु बन्द गरिएसँगै एस ब्यबसायमा आवद्ध केही व्यवसायीहरुले लुटपाट मच्चाएका छन्।

    काठमाडौंदेखि साउदी अरवको दमाम सम्मका लागि नियमित उडानमार्फत एकतर्फी ३५ देखि ४० हजारको हाराहारीमा भाडा दर हुँदै आएकोमा आजभोलि भने ८० देखि ९० हजारसम्म रहेको छ ! अझ ट्राभल एजेन्ट हरुले त एक लाख सात हजार सम्म असुल्दै आएका छन् ।

    यसैक्रममा प्रतिष्ठित कम्पनीमा ६ वर्षदेखि साउदीअरबमा इलेक्ट्रोनिकल इन्जिनियरको रुपमा काम गर्दै आउनुभएका कमलदेव साह ठगिनु भएको छ।

    उहाँका अनुसार उहाँसँग काठमाडौंको गौशालामा अवस्थित रस्बिता इन्टरनेसनल ट्राभल एंड टुर नामको ट्राभल एजेन्सीले दुइलाख सात हजार असुलेको छ। उहाँ भन्नुहुन्छ नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार भने जस्तै ।

    नजाउँ त वर्षौँदेखि गर्दैआएको रोजगारी गुम्नुका साथै बेनिफिट लगायत आफूले पाउन पर्ने सबै कुराहरु माया मार्नु पर्ने । जाउ भने आफ्नै देशमा ट्राभल एजेन्ट लगायत चार्टर्ड उडानको नाममा एयरलाइन्सहरु द्वारा चर्को रकम असुली ।

    यस्तै साउदी अरबमा १५ वर्षदेखि रोजगारी गर्दै आउनुभएका सिरहाका श्याम कुमार महतो पनि सोही ट्राभल एजेन्टलाइ रकमको बारेमा बुझ्न खोज्दा उहाँसँग २ लाख १५ हजार मागेपछि उहाँले साउदी अरब फर्किने योजनालाई केहि समयको लागि बिटमार्दै अहिलेलाई साउदी अरब नफर्किने निर्णय गर्नुभएको छ।

    नेपाल सरकार द्वारा आफ्ना कामदारहरुको पक्षमा साउदी सरकारसँग समन्वय नगरिदिँदा नेपाली कामदारहरुले साउदी अरब सरकारले जारी गरेको ट्राभलर एडभईजारी प्रोटोकल अनुसार सात दिनको होटेल क्वारनटीन बस्नुपर्ने बाध्यता पनि छँदैछ जसअन्तर्गत साउदी प्रवेश गर्ने प्रत्येक यात्रुले कोभिड-१९ अन्तर्गत साउदी सरकारले तोकेको खोप प्रक्रिया नपुर्याएमा यात्रुले आफ्नै खर्चमा ७ दिने होटल क्वारेण्टाईनमा २६६० साउदी रियाल अर्थात करिब ८० हजार नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ यसमा पनि ट्राभल एजेन्सीहरुले एक लाख ७ हजारसम्म रकम असुल्दै आएका छन् ।

    उता फिलिपिन्सले बिमा र हाेटल क्वारेण्टाईनकाे खर्च साउदी सरकार र राेजगारदातालाई नै तिर्न, ब्यहाेर्न लगायको छ भने बंगलादेशले बरु आफ्ना नागरिकलाई आफ्नै देशमा क्वारेण्टाईनमा राखि पठाउंछाैं, साउदि पुगेपछिकाे क्वारेण्टाईन छुट देउ भनी बिदेश मन्त्रीस्तरमा कुटनैतिक पहल गर्याे, समस्या समाधानतर्फ गएकाेछ भनि त्यहाका पत्र-पत्रिकाकाले उल्लेख गरेका छन् । पाकिस्तानले अस्ट्राजेनेका र पि फाईजर भ्याक्सिन लगाएर कामदार पठाउंने तयारी गरिरहेको छ । तर हाम्राे नेपाल सरकार “साउदिमा समस्या छ” भन्दै समाधानका कुनै पहल नगरि उल्टाे चलिआएका नियमित उडान राेकेर चार्टरकाे धन्दा गर्दै नेपाली कामदारहरुलाई परेको समस्यामा मूकदर्शक मात्र बनेको छ !

    नेपालमा कोरोना महामारीको प्रकोप भयाभय देखिदा साउदी-कतार दुवै कुबेत जस्ता खाडी मुलुकमा रहेका नेपालीहरुले गरेको सहयोगबाट नेपाल सरकारलाई आर्थिक सहयोगका साथै नेपाली गरीव होलान् तर दरिद्र भने छैनन् भन्ने मेसेज दुनियामा पुर्याएको पनि ताजानै हुनु पर्छ ! तर तिनै नेपाली आफ्नै देशमा लुटिदा सरकार भने मौन बसेको देखिन्छ।

    Leave a Reply