
९ जुन २०२१, साउदी अरब ! वैदेशिक रोजगारको सिलसिलामा २४ बर्ष अगाडि साउदी अरब आएका ७० बर्षिय नर बहादुर थापालाई खोजी गरिदिनका लागि साउदी स्थित नेपाली दूतावास तथा एनआरएनए आरसिसि अल कासिमलाइ उहाँको आफन्तले अनुरोध गरेका छन् ।
तनहुँ खैरेनीटार ६ घर भएका नर बहादुर थापा बिगत १९९७ मा साउदी अरब आएका र अहिलेसम्म पनि घर नफर्किएका तथा सम्पर्कमा न आएकाले उहाँका आफन्त साडु दाइ कर्न थापा तथा एक समाजसेवी ब्यक्ति दिपेश चापागाँइले खोजी गरिदिनका लागि अनुरोध गरेका छन् ।
७७०९३४ नम्बर पासपोर्ट नम्बर रहेका सन् १९५१ मा जन्मेका थापा सन् १९९७ मा साउदी अरब एक पटक पहिले पनि आएर इक्सिट गै फेरि अर्को कम्पनीमा आए देखि सम्पर्क बिहिन भएको कुरा चापागाँइले अबगत गराएका छन् ।
आफ्नो घरमा भोलि-भोलि आउने भन्दै दिन गन्दै आसै आशामा बसेका, अझैपनी आउने आस गरिरहेका परिवारले उहाँको खोजिका लागि एनआरएनए आरसिसि अल कासिमलाई अनुरोध गरेको कुरा दिपेश चापागाईंले जानकारी गराएका छन् ।
एनआरएनए आरसिसि अल कासिमका अध्यक्ष रम्जान दिन मियाँ लाई गरिएको अनुरोध संगै उहाँको खोजी कार्यका लागि समाजिक संजालमा सेयर गर्नुका साथै नेपाली दूतावास रियादमा समन्वय गर्दै उहाँको खोजी कार्य गर्न सकेको सहयोग गर्ने कुरा अध्यक्ष मियाँले अबगत गराएको कुरा दिपेश चापागाईंले हिमालयन दृस्टीलाई जानकारी गराएका छन् ।


तपाईं हामी सबै मिलेर उहाँको खोजि कार्य गर्न सहयोग गर्नु हुम हामी सबैमा विनम्र अनुरोध गर्दछौ ।


साउदी कुन ठाउँमा कुन कम्पनी मा साऊदी मात्र बनेर भएन यत्रो ठुलो देश छ बरु उहाँलाई पठाउने मेनपावर र कम्पनी सीट कन्त्यक गरे छिटो जानकारी हुन्छ की……