
२७ जेठ । कर्णाली प्रदेशको प्रदेश आयुर्वेद औषधालय सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ । निजहरु बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रममा अपरिचित युवाहरुको समूहले आक्रमण गरेका थिए ।
आक्रमण परि घाइते हुनेमा डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मी रहेको बुझिएको छ । निजहरुलाई सामान्य चोट लागेको सुर्खेत प्रहरीले जनाएको छ ।
डाक्टरमाथी हातपात गर्ने तीन जना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार निजहरूले मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गरि मात्तिएर त्यस्तो हर्कत गरेको प्रहरीको अनुमान रहेको छ ।

