पर्साको जिराभवानी गाउँपालीकामा चट्याङ लागेर किसानको मृत्यु

  • १२ असार २०७८, शनिबार १८:५० मा प्रकाशित
  • संकेतिक तस्बिर


    मेघराज राय जिराभवानी, असार १२

    पर्साको जिरभवानी गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक किसानको मृत्यु भएको छ ।
    जिराभवानी गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय राजेशवर साह तेलीको चट्याङ लागेर मृत्यु भएको हो ।


    वडा नम्बर २ मा रहेको आफ्नो खेतमा बिहान काम गर्न गएका बेला अचानक चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।


    मृतक तेलीको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।

    Leave a Reply