राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

  • ३० बैशाख २०७८, बिहीबार १४:२५ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतलनिवास जानुभएको छ ।विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।राष्ट्रपतिसँगको भेटपछि ओलीले पार्टीका नेता माधवकुमार नेपालसँग पनि भेट्नुहुने स्रोतले बताएको छ । उहाँहरूकाे वार्ता ४ बजेका लागि तय भएकाे छ ।सत्ता समीकरणको रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्री ओली र राष्ट्रपतिको भेट पनि बाक्लिएको छ ।

    Leave a Reply