ओलीलाई खनाल–नेपाल समूहको साढे ४ बजेसम्मको अल्टिमेटम

  • ३० बैशाख २०७८, बिहीबार १४:२१ मा प्रकाशित
  • त्यतिञ्जेलमा माग पूरा नभएर राजीनामा दिन्छौं : भीम रावल

    काठमाडौँ — नेकपा एमाले नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ । 
    समूहका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिए । त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले सांसद सदस्यताबाट राजीनामा गर्ने नेता रावलले बताए ।
    ‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । अब हाम्रा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको बीच वार्ता हुँदैछ । वार्ता हुनु ठीक छ,’ राववले भने, ‘तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।’

    Leave a Reply