नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन

  • ३० बैशाख २०७८, बिहीबार २०:३५ मा प्रकाशित
  • काठमाडाैं : नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ।

    जसमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट समावेश रहेका नेता विष्टले जानकारी दिए।

    उनका अनुसार कार्यदलमा पछि दुई जना पछि थप्ने पनि सहमति भएको छ

    आजै बूढानीलकण्ठमा भएको भेट वार्तामा नेता माधव नेपाल र प्रधानमन्त्री ओलीबीच चार घण्टा छलफल भएको थियो। छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका थिए।

    नेपाल समूहको राजीनामा रोकिएसँगै बहुमतसहितको नयाँ सरकार गठनको सम्भावना पनि टरेको थियो।

    Leave a Reply