कोभिड १९ को संक्रमण नियन्त्रणका लागी एनआरएनए साउदी अरबले न्युनतम ५ लाख आर्थिक सहयोग गर्ने ।

  • २२ बैशाख २०७८, बुधबार १७:३१ मा प्रकाशित
  • रम्जान समर्पण

    ५ मइ २०२१, साउदी अरब ! बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड-१९ ले दिनानुदिन नेपालमा पनि बड्दो विकराल अवस्था निम्त्याइरहेको बेलामा एनआरएनए साउदी अरबले पनि आर्थिक सहयोग रकम संकलन कार्य अगाडी बढाउदै सबैलाई सहयोग का लागी आव्हान गरेको छ ।

    नेपालमा बेला बेलामा आइ पर्ने हरेक प्राकृतिक बिपत्तिमा सहयोग गर्दै आइरहेको एनआरएनए ले नेपालमा बिगत केही दिन देखी कोरोना पोजेटिभको संख्या अत्याधिक बड्दै गइरहेको र उक्त अवस्थालाई नियन्त्रण गराउन एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्तले सबै देशका एनआरएनए लाई आग्रह गरेका छन् ।
    एनआरएनए एनसीसी र आईसीसी प्रतिनिधिहरुको बसेको आकस्मिक बैठकको निर्णय अनुसार प्रत्येक एनसीसीलाई द्रुत गतिमा आर्थिक वा सामग्री मार्फत महामारीको विरूद्ध लड्न, नेपालको प्रयासलाई तुरुन्त समर्थन गर्न र योगदान पुर्‍याउन अनुरोध गरेका छन्।
    आफ्नो मातृभूमिलाई अक्सिजन, भेन्टिलेटरको सख्त आवश्यकता रहेको र नेपालमा विशेष गरी काठमाडौंमा COVID-१९ को द्रुत गतिमा तथा खतरनाक फैलावटलाइ रोक्नका लागि शिफ्ट ट्रीटमेन्ट केन्द्रहरू बनाउने जानकारी गराएको छ।

    यो भयावह अबस्थाले स्वास्थ्यकर्मीहरूलाई अत्याधिक काम र तनावग्रस्त भएको अबस्थामा उचित र समयमै हेरचाह, अक्सिजन, भेन्टिलेटरहरू, अस्पतालमा पर्याप्त ठाउँ आदि जस्ता सरल चिकित्सा सुविधाहरूको अनुपलब्धताको कारण धेरै व्यक्तिहरूले आफ्नो ज्यान गुमाएका कारण यसबाट सजग रहन पनि आग्रह गरेको छ ।

    कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि एनआरएनए आइसिसी को आग्रह अनुसार एनआरएनए साउदी अरबले पनि एक आकस्मिक बैठक राखी सहयोग रकम उठाउन सुरु गरेको छ । फलस्वरूप बैठकलको निर्णय अनुसार एनआरएनए साउदीले न्युनतम ५ लाख सहयोग गर्ने र अधिकतम जति पनि हुन सक्ने जनाएको छ ।

    यदि कसैले इच्छुक भएर सहयोग गर्न चाहनेहरुलाइ साउदी अरबका विभिन्न क्षेत्रहरूमा रहेका आफ्ना एनआरएनए प्रतिनिधि को विवरण सेयर गर्दौ उहाँ हरुलाइ सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

    • बिशाल कुमार श्रेष्ठ अल कासिम (0535470253)
    • अर्जुन थापा तबुक (0544994328)
    • ध्रुब रिजाल जेद्दा (0505910744)
    • नारायण पास्वान रियाद (0558517861)
    • लाल बहादुर मगर जिजान (0561541062)
    • उमेश भट्टराई दम्माम, पुर्वी क्षेत्र (0500029089)
    • योगेन्द्र बहादुर श्रेष्ठ 059794011

    Leave a Reply