
साउदी अरबमा कार्यरत नेपाली कामदारहरुलाई सुसूचित गराउने, आबस्यकिय समस्या र निराकरणका लागि नेपाली नियोगसङ्ग सम्बन्ध र समन्वय बिस्तार गर्न सहजीकरणका बारेमा छलफल सम्पन्न भयो ।
प्रबासी नेपाली समन्वय समितिका बाह्य सम्पर्क संयोजक नारायण पासवानले शुक्रबार साउदी अरबको रहिमा रस्तनुरा र सनिवार सफानियामा कोरोना माहारारीको जोखिमलाई मध्य नजर गर्दै विशेष सतर्कता सहित कार्यक्रम सन्चालन गर्नुभयको थियो ।

उक्त कार्यक्रमको दौरानमा रस्तनुरामा मुख्य कार्यालय रहेको एक प्रतिष्ठित कम्पनीमा कार्यरत सयौं नेपालीहरुको करिब 3 बर्ष देखी इकामा नविकरण नभएको, गाडी चालकहरुको ड्राइभिङ्ग लाइसेन्सको म्याद गुज्रिएको भए पनि कम्पनीको मेनेजरको मौखिक आश्वासनमा गाडी चलाउदै आइरहेको जानकारी स्वयं उक्त कम्पनीमा कार्यरत नेपालीहरुले स्वीकार गरे ।कतिपय कामदार सक्त बिरामी अवस्थामा रहेको र इकामा नभएको कारण राम्रो उपचार हुननसकिरहेको दुखेसो पोखे । साथै उनीहरुले 6/7 महिना देखि तलब नपाएकोको कारण आफुहरु लाई खानको समस्या रहेको पिडा सुनाए।
आफुहरु करिब-करिब 20 बर्ष देखि काम गर्दै आएकोले इन्ड सर्भिस बेनिफिट लिएर घर फर्किउला भन्ने उच्च मनोबलका साथ काम गर्दै आएकोमा एक्कासि यस्तो समस्या आइपर्दा अलपत्र परेर भोलि रित्तो हातपो फर्कनु नपरोस भनेर कुटनैतिक सहयोगको अपेक्षाले आशावादी भएको जानकारी गराएका छन् ।
त्यस्तै सनिवार 24 अप्रिलमा साउदी अरबको सफानियामा पनि क्याम्पमै भेटेर सहजीकरण भएको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केही नेपाली कामदार हरुलाई करारमा भएको भन्दा कम तलब दिएको र सो रकमले घरमा भएको रिन तिर्न नसक्ने भन्दै कम्पनी छोडेर अर्को कम्पनीमा आएर काम गर्दै गरेको पाइयो । रोजगारदाताको सहमति र समझदारी बिना त्यसरी कम्पनी छोडेर अन्यत्र काम गर्नु कानुनन अपराध हो, भने पैसाकै लागि जोखिम मोल्नु सरासर गलत प्रक्रिया भएकोले तत्काल पुरानो कम्पनीमा फर्किन सहजकर्ता संयोजक नारायण पासवान द्वारा सु-सज्जित गराइयो ।
सोही कार्यक्रम पश्चात एक एक गरेर भ्याक्सिन लगाउनका लागि सेहाती एप्प डाउनलोड गरि कोभिड खोप लिन अनलाइनको माध्यमबाट नाम दर्ता गर्न सहयोग पनि गरियो भने 10 महिना अगाडि कम्पनीले फाइनल एक्जिट लगाइदिएको नेपाली कामदार सर्भिस मनि अथवा उपदानमा कुरा नमिल्दा कम्पनीले हुरुप लगाइदिएकोले कानुनी समस्यामा रहेकोेमा आबस्यक सहयोगका लागि कम्पनीमा कुरा गर्नुका साथै थप सहयोग आबस्यक परे उक्त कम्पनीमा कार्यरत नेपाली हरु सङ्ग छलफल गरि आगामी दिनहरुमा नेपाली कामदारहरु बीच सहयोग र समन्वय हुन जरुरि रहेको कुरा मा जोड दिइएको थियो ।

