
११ अप्रिल २०२१ ! साउदी अरब । एनआरएनए साउदी अरबको आफ्नो मातहतमा रहेका केहि क्षेत्रीय समन्वय समिती तथा स्थानिय समन्वय समितिहरुको अधिबेशन यसै अप्रिल महिना भित्रमा सम्पन्न गर्न गइरहेको छ।
गैर आवासिय नेपाली संघ साउदी अरबले आफ्नो फेसबुकको आधिकारिक पेजबाट सूचना जारी गर्दै सुचित गरेको छ ।
पुर्वी क्षेत्र क्षेत्रिय समिति अन्तर्गतका दमाम स्थानीय समन्वय समिति र अलखोबार स्थानीय समन्वय समितिको २०२१-२३ कार्यकालको लागि २०२१ अप्रिल २३ तारिखका दिन अधिबेशन गर्ने भएको छ ।

यसैगरी अल कासिम क्षेत्रीय समन्वय समितीले एक बिग्यप्ती निकाल्दै ३० अप्रिल २०२१ शुक्रबारका दिन आफ्नो चौथो अधिबेशन र बार्षिकोत्सब एकै दिन गरिने जनाएको छ ।
बढ्दो कोरोना कहरका कारण उक्त अधिबेशन भौतिक उपस्थितिका साथ असम्भब भएकोले भर्चुयल माध्यम जुम मार्फत हुने जानकारी गराएको छ ।
उक्त कार्यक्रममा अनलाइन मार्फत जोडिन सबैमा अनुरोध गर्दै, कार्य समितिमा आवद्ध भइ सेवा गर्न इच्छुक महानुभावहरूले तोकिएको समयावधि भित्रमा नै आफ्नो उमेदवारि दिनका लागि पनि अनुरोध गरेको छ ।
तिनवटै ठाउँमा अधिबेशन गराउन एनसिसि साउदीले एनसिसि पदाधिकारीहरुलाइ जिम्मेवारी दिएको छ जसमा
पुर्वी क्षेत्र अधिबेशन समितिः
१. डमर यादव, सम्पर्क नः 0596563050
२. रोशन श्रेष्ठ, सम्पर्क नः 0545226844
३. उमेश भट्टराई, सम्पर्क नः 0555029089
४. शुक्र मोक्तान, सम्पर्क नः 0550748154
५. मोहम्मद जैनुल अब्दीन, सम्पर्क नः 0561247343
अल कासिम क्षेत्र अधिबेशन समितिः
१) बिशाल कुमार श्रेष्ठ संयोजक 0535470253
२) योगेन्द्र बहादुर श्रेष्ठ 058 337 0250
३) राज कुमार श्रेष्ठ 0501684064
४) मनिष कोइराला 056 879 1269
उम्मेद्बारीको लागि तल दिइएको फर्म नियम अनुसार भरेर पठाउनु पर्नेछ ।




