साउदीले बिदा परिवर्तन नगर्ने 

  • ११ चैत्र २०७७, बुधबार ००:२७ मा प्रकाशित

  • काठमाडौं : साउदी अरबले निजी क्षेत्रका कर्मचारीहरूका लागि हप्ताको दुई दिनको साप्ताहिक बिदा परिवर्तन नगर्ने बताएको छ । साउदी अरबका रोजगारदाताले निजी क्षेत्रका कामदारलाई हप्ताको दुई दिन बिदा कटौती गर्न माग गरेका थिए ।

    साउदी अरबको मानव संशाधन र सामाजिक विकास मन्त्रालयले श्रम कानूनमा गरेको प्रस्तावित संशोधन लागू गरेपछि पनि हालको व्यवस्था यथावत रहने बताएको छ ।  रोजगारदाताले आफ्नो कम्पनीको प्रकृति र कामदारसँग गरेको सम्झौता अनुसार  कार्यघण्टा तोक्न सक्ने छन् ।

    साउदी अरबको मानव संशाधान र सामाजिक विकास मन्त्रालयले प्रस्तावित श्रम कानून सरोकारवाला पक्षसमक्ष सुझावका लागि पेश गरेको थियो । साउदी सरकारले उत्पादन  र सेवा क्षेत्रको श्रम सम्बन्धलाई मैत्रीपूर्ण बनाउने भन्दै श्रम कानून, नियम र निर्देशिकामा परिवर्तनको गृहकार्य अघि बढाएको बताएको छ ।

    राष्ट्र निर्माणको भिजन २०३० सार्वजनिक गरेको साउदी अरबले काम गर्ने वातावरण सम्मानजनक हुनुपर्ने बताएको छ । त्यसका लागि निजी क्षेत्रका कम्पनीहरुलाई स्वःमुल्यांकनको कार्यविधि अपनाउन आग्रह गरिने बताइएको छ । स्वःमुल्यांकनको कार्यविधि पालना नगर्नेलाई दण्डित गर्ने भन्दै साउदी सरकारले स्थलगत अनुगमनलाई तिव्रता दिने बताएको छ । 

    Leave a Reply