रोहित चन्द थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी

  • १६ चैत्र २०७७, सोमबार २०:३४ मा प्रकाशित
  • राजधानीमा सम्पन्न थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी नेपालका रोहित चन्द घोषित भएका छन्।

    राष्ट्रिय टिमका उपकप्तान चन्दले खेलेका तीन वटै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

    डिफेन्डर रोहितले सर्वोत्कृष्ट भएबापत ५ सय डलर पुरस्कार प्राप्त गरेका छन्।

    रोहित इन्डोनेसियाको शीर्ष डिभिजनको क्लब पेर्सिजा जार्कताबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्।

    थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले हराएर उपाधि जित्यो। नेपालको जितमा सन्जोग राई र विशाल राईले एक एक गोल गरे।

    Leave a Reply