
बढदो सवारी दुर्घटना न्युनिकरणका लागि सिन्धुपाल्चोकका सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा शिविर आयोजना गरि आँखा तथा स्वास्थ्य परिक्षण परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो । आज जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटिमा शिविरको आयोजना गरि निजि तथा सार्वजानिक सवारी साधनका चालकको आँखा तथा स्वास्थ्य परिक्षण गरिएको हो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकि उपप्रमुख भगवती नेपालले प्रहरीले गरेको काममको प्रशंसा गर्दै आगामि दिनमा यस्तै अनुकरणिय कामका लागि नगरपालिका सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
जिल्लामा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि यहाँका विभिन्न सवारी चालक र सहचालकहरु सँगै सम्बन्धित निकाय जागरुक बन्नुपर्नेमा स्थानियले जोड दिइरहेका छन् । प्रहरीद्धारा गरिएको सो कार्यक्रम आफुलाई निकै मन परेको बताउनुहुन्छ मेलम्ची जनकलाल श्रेष्ठ । प्रहरी हाम्रो साथि भन्ने भावना जगाउनका लागि पनि यस कार्यक्रम गरिएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो । शिविर सँगै प्रहरीले गाडिको टायरमा हावा भए नभएको, नटबोल्टहरु राम्रो सँग कसिए नकसिएको सिट क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको भएपनि चालकलाई सम्झाइबुझाई गर्ने कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।
प्रायजसो सवारी चालकहरु आफ्नो स्वास्थ्य परिक्षण गराउदैनन् कि धेरै बिरामि नै हुन पर्र्यो कि यस्तै बाध्यतात्मक नियम नै यसरी प्रहरीले शिविर आयोजना गरि गराएको स्वास्थ्य परिक्षणले आफ्नो शरिरमा के भइरहेको छ भन्ने जानकारी हुने र दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने बताउनुहुन्छ चालक रमेश डोटेल । लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले ट्राफिक प्रहरी आफैले स्वास्थ्य शिविरको आयोजना गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश दाहालले जानकारी दिनुभयो । सो प्रकारका शिविरहरु जिल्लाका अन्य स्थानमा पनि आयोजना गरिने ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । आज एकैदिन १०१ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएकोमा १३ जना चालकहरुमा ब्लड पेसर,तथा आखाँको समस्या रहेको पाइएको थियो । उनिहरुलाई निशुल्क औषधि समेम वितरण गरिएको थियो । चैत्र १५ मेलम्ची

