एनआरएन साउदीको अनलाइन सदस्यता खुल्यो सदस्यता शुल्क १२ रियाल मात्र लाग्ने !

  • ५ चैत्र २०७७, बिहीबार ०१:१८ मा प्रकाशित

  • गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदी अरेबियाले सदस्यता लिन अनलाइन प्रणाली सुचारु गरेको छ । एनआरएनएले अनलाइन प्रणालीबाट दिने सदस्य शुल्क १२ रियाल लाग्ने अध्यक्ष तेजबहादुर थापाले जानकारी दिए ।
    अध्यक्ष थापाका अनुसार यसअघि केन्द्रलाई बुझाउनुपर्ने ३ डलरसहित ३८ रियाल लिदै आएका थिए । साउदीका श्रमिकहरुका पहुँच सहजै पुगोस भन्ने उदेश्यले यसवर्ष सदस्यता शुल्क घटाएको संघ अध्यक्ष थापाको भनाइ छ । उनका अनुसार अनलाइनबाट सदस्यता प्राप्त गर्न (http://members.nrna.org) मा आवेदन दिनुपर्ने छन् ।
    साउदीका रियादा, खोबर, अलहासा, कातिफ, तरुत, जुबेल्, रहिमा, अव्किक, अलकासिम क्षेत्र, ताबुक, जिजानका साथै जेद्दामा संघका सदस्यता प्रमाणीकरण गर्नेछन् । सदस्यता प्रमाणीकरण गर्न नारायण पासवान, ध्रुव कुमार रिजाल, डमर यादव, बिशाल कुमार श्रेष्ठ, रोशन श्रेष्ठ – पुर्बी क्षेत्र, उमेश भट्टराई लालबहादुर मगर, अर्जुन थापा र योगेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको संघ अध्यक्ष थापाले जानकारी दिए ।

    Leave a Reply