उपत्यकाब्यापी अन्तरनगरपालिका कराते प्रतियोगिता सम्पन्न, तार्केश्वर नगरपालिका प्रथम ।

  • ८ चैत्र २०७७, आईतवार १७:०३ मा प्रकाशित
  • काठमाडौ चैत्र ८ गते ! शोतोकान कराते डो संघ नेपालको आयोजना र वादोकाइ कराते संघ मनमैजु नेपालको सहयोग एवं सहकार्यमा उपत्यका ब्यापी अन्तर्नगरपालिका कराते प्रत्योगिता हिजो चैत ७ गते भब्यता रुपमा सम्पन्न भएको छ।


    संघका अध्यक्ष एवं समाजसेवी नारायण खड्काको सभापतित्व एवं तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको प्रमुख अथित्वमा सम्पन्न सो कार्यक्रममा उपत्यका भरिबाट १४ नगरपालिकाका २५० जना खेलाडीहरुको सहभागीता रहेको कुरा संघका बरिस्ठ उपाध्यक्ष प्रोफेसर मोहम्मद रमजान अली मियाँले बताउनु भयो।

    तार्केश्वर मनमैजुमा भएको उक्त खेलमा प्रथम स्थान तार्केश्वर नगरपालिकाले नै हासिल गरेको थियो । अनुशासन ट्रफी मध्यपुर ठिमी नगरपालिकाले जित्न सफल भएको थियो भने उत्कृष्ट महिला खेलाडीमा कला लिम्बु र उत्कृष्ट पुरुष खेलाडीमा अनिल उपरकोटी रहेका थिए । उक्त खेललाइ ३० जना रेफ्रीले खेलाएका थिए ।


    सो कार्यक्रममा बरिस्ठ समाजसेवी एवं राजनैतिक विश्लेषक मोहन चापागाईंको पनि उपस्तिथि रहेको थियोे । खेलको अन्त्यमा अतिथि रहेका टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी तथा तार्केश्वर नगरपालिका १० नम्बर वडाका अध्यक्ष अमृत थापाले समापन गर्नु भएको कुरा संघका बरिस्ठ उपाध्यक्ष अलि मियाँले जानकारी दिनु भयो ।

    Leave a Reply