थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

  • ८ चैत्र २०७७, आईतवार २०:०० मा प्रकाशित
  • ८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
    देशभरका प्रयोगशालामा ३ हजार १८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
    यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७१ हजार ९२१ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    Leave a Reply