सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालि डिजिटलमैत्री बनाउदै :-अध्यक्ष बंशलाल तामाङ

  • ४ चैत्र २०७७, बुधबार २२:०४ मा प्रकाशित
  • इन्द्रावति गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका बनाउन लागिरहेका गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताउनुभएको छ । बुधबार ईन्द्रावति गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत ब्यक्तिगत घटना तथा सुद्धिकरण कार्यक्रम सुभारम्भ गर्दै अध्यक्ष तामाङले सो कुरा बताउनुभएको हो । पालिकामा यसभन्दा अघि रहेका सबै घटनाहरु सफ्टवेयर मार्फत अपलोड भईसकेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत मनोज दंगालले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत स्थानिय तहको ब्यक्तिगत घटना तथा सुद्धिकरण कार्यक्रम अन्र्तगत सो काम गरिएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो ।

    सिन्धुपाल्चोकको स्थानिय तहमध्ये नमुना गाउँपालिका बनाउने उद्देश्य अनुसार डिजिटल प्रविधिको प्रयोगलाई समेत जोड दिइएको अध्यक्ष तामाङले बताउनुभयो । आज एक कार्यक्रमका बिच गाउँपालिकामा आफ्नो पालिकालाई स्मार्ट भिलेजको रुपमा विकास गर्ने लक्ष्यसहित सुचना प्रबिधि मैत्रि गाउँपालिका बनाउन सबै वडा कार्यालयहरुमा कम्युटर,प्रिन्टर स्क्यानर र वाइफाईको ब्यबस्था गरिएको गाउँपालिकाका सल्लाहकार दिनेस चौलागाईले जानकारी दिनुभयो ।

    गाउँपालिकाको सबै वडाहरुमा यसअघि नै बायोमेट्रिक हाजिरि जडान गरिसकेको छ । गाउँपालिकाको सबै सघंसंस्था तथा कार्यालयमा डिजिटल प्रविधि ल्याउने सुचना प्रविधि अधिकृत दंगालले जानकारी दिनुभयो ।

    Leave a Reply