साउदीमा कस्ता कस्ता कामदारले बिनाअनुमति कम्पनी परिवर्तन गर्न पाउँछ त ? सर्तहरु सहित

  • ३ चैत्र २०७७, मंगलवार ००:४९ मा प्रकाशित
  • समर्पण रम्जान,

    १५ मार्च २०२१, साउदी अरब ! साउदी सरकारले  १४ मार्च २०२१ बाट लागु हुने गरि श्रम सुधारका केही सकारात्मक प्राबधान ल्याएको छ ।
    यस कार्यक्रमले साउदी अरबको निश्चित सर्तहरु पूरा गरि कामदारहरुले   रोजगारदाता अनुमति बिना नै  कम्पनी परिवर्तन गर्न सक्ने, छुट्टीमा जान सक्ने, करार अवधी पूरा भएपछि  घर स्वदेश फर्कन  (final exit) सक्ने  छन् ।
    तर यसरी यस प्राबधान  अनुसार रोजगारदाता परिवर्तन गर्न र देश छोड्न कामदारले केही शर्तहरु भने पूरा गरेको हुनुपर्नेछ।

    साउदी सरकारको यो कार्यक्रमबाट लाभ लिन पूरा गर्नुपर्ने शर्तहरु यस्ता छन्-
    क‍. कामदारले साउदी अरब प्रवेश गरेको मितिदेखि हालको रोजगारदातासँग कम्तीमा एक वर्षको करार पूरा गरेको हुनुपर्दछ।
    ख. रोजगारदातासँग गरेको रोजगार पत्र (Employment contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सोको एकप्रति  साथमा लिएको हुनुपर्दछ।
    ग. कामदारलाई नयाँ रोजगारी दिने रोजगारदाताले साउदी सरकारको आधिकारिक पोर्टल QIWA बाट मात्र रोजगारीको प्रस्ताव गरेको हुनुपर्दछ । व्यक्तिगत भेटघाट वा कसैको सहयोगमा कुनै अभिलेख नराखी दिएको रोजगारीले कानूनी मान्यता पाउनेछैन् । जुनसुकै हिसाबले नयाँ रोजगारीमा जाँदा QIWA पोर्टलबाट रोजगारीको प्रस्ताव भएको हुनुपर्नेछ।
    घ. कामदारले रोजगारदाता परिवर्तन गर्ने सम्बन्धी सूचना तोकिएको समयभित्रै आफ्नो हालको रोजगारदाता समक्ष पेश गर्नुपर्दछ। यो प्रक्रिया निःशुल्क हुनेछ।

    निम्न अवस्थामा आप्रवासी ( विदेशी) कामदारले आफ्नो रोजगारदाता (कफिल) परिवर्तन गर्न सक्नेछन् :
    १. साउदी अरब प्रवेश गरेको दिनदेखि ३ महिनासम्म रोजगारदाताले करार सम्झौता नगरेमा,
    २. कामदारले लगातार ३ महिनासम्म आफ्नो मासिक पारिश्रमिक नपाएमा ।
    ३. रोजगारदाताको मृत्यु भएमा वा कैद, लामो यात्रा वा यस्तै कारणले रोजगारदाता सम्पर्कमा नरहेमा,
    ४.  कामदारको साउदी  परिचय पत्र (इकामा) को अवधि समाप्त भइ नविकरण नभएमा ।
    ५. कामदार र रोजगारदाताको बीचमा विवाद भइ कुनै कानूनी निकायमा उजुरीर मुद्दा परेको र उक्त निकायले गर्ने दुईवटा सुनुवाइमा रोजगारदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा वा दुईवटा उपयुक्त मिलापत्र सम्बन्धी सुनुवाइमा उपस्थित नभएमा।
    ६. हाल कार्यरत रोजगारदाताले स्वीकृति दिएमा करार अवधि समाप्त नहुँदै पनि रोजगारदाता परिवर्तन गर्न सकिनेछ ।
    व्यक्ति स्वयंमले पहल गरेर लिने बहिर्गमन भिसा (Automatic Exit Viss)
    १.  बहिर्गमन भिषाको लागि कामदारले साउदी सरकारको आधिकारिक पोर्टल Absher बाट सेवा लिनुपर्नेछ । यसका लागि Absher डाउनलोड गर्नुपर्दछ ।
    २. कामदारसँग म्याद भएको अकामा साथमा हुनुपर्नेछ।
    ३. रोजगारदातासँग गरेको रोजगार करार पत्र (Employment contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सो साथमामा लिएको हुनुपर्नेछ।
    ४. कामदारले रोजगारदातासँग वा अन्य निकायलाई तिर्नुपर्ने कुनै शुल्क वा जरिवाना बाँकी रहेको हुनु हुँदैन।
    ५.  बहिर्गमन भिषाको लागि लाग्ने शुल्क कामदार स्वयंमले व्योहर्नु पर्नेछ।
    ६. अवशर (Absher) बाट स्वत: बहिर्गमन भिसाको प्रक्रियामा जाँदा कामदारले बहिर्गमन सम्बन्धी सम्पूर्ण प्रक्रिया जानीबुझी निणर्य गरेको भनी घोषणा गर्नुपर्नेछ।
    ७. यसरी प्राप्त हुने स्वत बहिर्गमन भिषा रोजगारदाताले रद्द गर्ने अधिकार हुने छैन्।
    ८. स्थायीरुपमा साउदी अधिराज्य छोड्द निणर्य गरेकाहरुले यो स्वतः बहिर्गमन भिषा सेवा लिन सक्नेछन्।
    ९‍.आफूमा आश्रित परिवारका लागि समेत आवेदन गर्न सकिनेछ।
    १०. एक पटक प्राप्त गरेको बहिर्गमन भिसालाई कामदारले चाहेमा  Exit को अवधि बाँकी छँदै रद्द समेत गर्न सक्नेछन्।
    ११. रोजगारदातासँगको करारको अवधि बाँकी हुँदै साउदी अरब छोड्ने गरी Exit लगायका कामदारले करार उल्लंघन गरेको सम्बन्धी जरिवाना तिर्नुपर्नेछ।

    नोट : घरेलु कामदार, घरायसी सुरक्षा गार्ड, बंगैचै (गार्डेनर), पशु चराउने (सेफर्ड) निजी चालक तथा फारम (मजरा) मा काम गर्नेहरुका हकमा माथिका कुनै पनि प्रावधानहरु लागू हुने छैनन् ।

    समाचार श्रोत :- नेपाली दूतावास रियादले दिएको जानकारी अनुसार ।

    Leave a Reply