२३१ यात्रु लिएर उड्दै गरेको विमानमा आगलागी, चालकले बचाए सबैको ज्यान

  • ९ फाल्गुन २०७७, आईतवार १०:२७ मा प्रकाशित
  • काठमाण्डाै – २३१ यात्रु लिएर अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएपछि चालकले सकुशल डेनभर बिमानस्थलमा अवतरण गराएर सबै यात्रुको ज्यान बचाएका छन् ।

    अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ विमानको इञ्जिन बिग्रिँदा विमानको इञ्जिनमा आगलागी भएको हो ।

    आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।

    विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेका बीबीसीकाे खबरमा उल्लेख गरिएको छ । इञ्जिनमा समस्या आएपछि विमान चालकले नआत्तिकन बस्न यात्रुलाई आग्रह गरेका थिए । उनले डेनभरको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर सहयोग मागेका थिए । घटनाको अनुसन्धान हुने विमान कम्पनीले जनाएको छ । समाचार उज्यालो अनलाइन ले छापेको छ।

    Leave a Reply