नेकपा प्रचण्ड-नेपाल समूहका दर्जनो नेता-कार्यकर्ता बीरगंजबाट पक्राउ,टायर बालेर प्रदर्शन

  • २२ माघ २०७७, बिहीबार १४:०४ मा प्रकाशित
  • वीरगंज-  नेकपा प्रचण्ड-माधव समूहले  आज गरेको देशव्यापी आमहड्तालको प्रभाव पर्सामा पनि परेको छ। नेकपा प्रचण्ड-नेपाल समूहका दर्जनो नेता-कार्यकर्ता वीरगंजबाट पक्राउ गरिएको छ। भने बिरगंजको चौकमा टायर बालेर प्रदर्शन गरी रहेको छन।

    वीरगञ्जको घण्टाघर,पॉवरहाउस,मुरली चौक,आदर्शनगर,गहवा चौक, क्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीहरू विरोधमा उत्रिएका छन्।

    प्रहरीले पर्साका युवा नेताहरू रहवर अन्सारी, अरविन्द सिंहलगायत २० जनाभन्दा बढी नेता-कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।


    प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल समूहले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा हड्तालको आह्वान गरेको हो।

    Leave a Reply