
दमौली, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहले गरेको नेपाल बन्दको क्रममा बजार बन्द गराउदै हिडेका नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित झण्डै डेढ दर्जन नेता कार्यकर्तालाई जिल्ला सदरमुकाम दमौलीबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
दमौली स्थित भोर्लेटार चोकबाट बजार बन्द गराउँदै हिडेका श्रेष्ठसहित नेताहरु अतिन्द्र केशरी न्यौपाने, श्रीराम कार्की, मंगल प्रसाद श्रेष्ठ लगायतलाई प्रहरीले नियन्त्रणमा लिएका हुन्।
नेतालाई पक्रने क्रममा केहीबेर धकालाधकेल समेत भएको थियो। बन्दकर्ताले मोटरसाईकल चलाउन समेत रोकेका थिए।इच्छाकामना न्युज ।

