बेरोजगारको संख्या बढ्दै, २८ हजारभन्दा बढीले लिए श्रम स्विकृति

  • १ माघ २०७७, बिहीबार १७:४४ मा प्रकाशित
  • काठमाडौं– नोबेल कोराना भाइरस (कोभिड–१९) पछि हालसम्म २८ हजार ७ सय ७४ जना श्रमिकलाई पुनः श्रम स्विकृति प्रदान गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको साप्ताहिक रिपोर्टअुनसार पुनः श्रम, नयाँ श्रम र वैधानिकतर्फ गरी २३ पुससम्म २८ हजार ७ सय ७४ जनाले श्रम स्विकृति लिएका हुन् ।
    पुनः श्रम स्विकृतितर्फ २७ हजार ५ सय २५, नयाँ श्रम स्विकृति (व्यक्तिगत तथा संस्थागत)तर्फ ९ हजार ३ सय ७० र वैधानिकरणतर्फ १ हजार ६ सय ३४ जनाले श्रम स्विकृति लिएको मन्त्रालयको साप्ताहिक रिपोर्टमा उल्लेख छ । यसैगरी ४ सय २८ जना गैर नेपाली नागरिकले श्रम स्विकृति लिएको र ६ सय ४९ जनाले श्रम स्विकृति नवीकरण गरेको मन्त्रालयले जनाएको छ ।

    २ लाख ६ हजार श्रमिकको उद्धार
    यस्तै, कोरोना संक्रमणका कारण विदेशबाट हालसम्म २ लाख ६ हजार ९ सय ७८ नेपाली श्रमिकको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । २३ पुससम्म विभिन्न देशबाट २ लाख ६ हजार ९ सय ७८ नेपाली श्रमिकको उद्धार गरिएको मन्त्रालयको साप्ताहिक रिपोर्टमा उल्लेख छ । मन्त्रालयको साप्ताहिक रिपोर्टअनुसार १६ पुससम्म १ लाख ९६ हजार ९ सय १३ र २३ पुससम्म १० हजार ६५ फर्किएका छन् । कुन कुन देशबाट कति श्रमिक फर्किए भनेर विवरण भने समावेश गरिएको छैन ।
    कोरोना संक्रमणपछि हालसम्म १ लाख ४२ हजार हजार ८ सय ७ जनाले फर्किनका लागि निवेदन दिएको मन्त्रालयको रिपोर्टमा उल्लेख छ भने ६ हजार ८ सय ९६ जनाले मन्त्रालयसमक्ष गुनासो गरेका छन् ।

    बेरोजगारको संख्या बढ्यो
    विदेशबाट फर्किने श्रमिकको संख्याभन्दा सात गुणा बढीले बेरोजगारको संख्या बढेको छ । मन्त्रालयमा प्राप्त निवेदनअनुसार ७ लाख ४३ हजार ५ सय ३ जनाले बेरोजगार सूचीमा नाम दर्ता गरेका छन् ।
    मन्त्रालयको रिपोर्टले जनाएअनुसार मन्त्रालयमा प्राप्त बेरोजगारको संख्या विदेशबाट फर्किएका श्रमिक र नेपालमै बेरोगारीहरुले दिएको संख्या हो । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ हजार ७ सय ६४ जनाले रोजगार पाएको पनि मन्त्रालयले जनाएको छ ।

    प्रभाअनलाइन बाट

    Leave a Reply