काठमाडौंको टोखामा श्रीमानको हत्यापछि महिलाले गरिन् आत्महत्या

  • २५ पुष २०७७, शनिबार १२:२० मा प्रकाशित
  • काठमाडौंको टोखास्थित हाउजिङमा बस्दै आएका एक दम्पती मृत फेला परेका छन्। सुर्खेत घर भएका उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    कोठाभित्रै श्रीमान लडिरहेको अवस्थामा र श्रीमती झुण्डिएको अवस्थामा मृत भेटिएका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

    उमेशको शव नजिकै रगत लागेको सिलौटो फेला परेको र कानबाट रगत बगेकोले पनि श्रीमानको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ। यद्यपी घटनाबारेमा थप अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिएका छन नागरिक नेटवर्कले छापेको छ ।

    Leave a Reply