धनकुटाका सबै स्थानीय जनप्रतिनिधि ओली समूहमा, सुनसरीमा पनि सकारात्मक

  • २५ पुष २०७७, शनिबार ११:५६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवाद पश्चात दुई समूहमा विभाजन भए संँगै पार्टीका शिर्ष नेताहरु पनि दुई समूहमा विभाजन हुने क्रम जारी छ । यसै क्रममा तटस्थ रहेका नेकपा धनकुटाका राजेन्द्र राईसहित धनकुटाका सबै जनप्रतिनिधि केपी ओली समूहमा जाने भएका छन्।

    विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेका राई, प्रदेशसभाका सदस्यहरुसहित जिल्लाका सात वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै केपी ओली समूहमा लागेको घोषणा गरेका छन्।

    धनकुटाका जनप्रतिनिधिले मुलुकलाई गतिहीन र पार्टीलाई अनिर्णयको बन्द्री बनाएका कारण प्रधानमन्त्रीले जनतासमक्ष जाने साहासिक निर्णय गरेको बताएका छन्।

    यस्तै, सुनसरीमा पनि नेता तथा कार्यकर्ताले ओली समूहलाई नै समर्थन गरिरहेका छन्। इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमका अनुसार गाउँगाउँमा पार्टीको संस्थापन पक्षलाई साथ दिने भन्ने गरेका छन।

    ओली समूहको केन्द्रीय सदस्य समेत रहेकी गौतमले भनिन्, ‘पार्टीको जिल्ला कमिटी कब्जा गरेर आफन्त र नातागोताले भरेका छन्। ६० प्रतिशत सदस्य देखाउन सक्छन्। तर, उनीहरुले बनाएका योजना कार्यान्वयन गर्न स्थानीय स्तरमा जाँदा जनताले साथ दिएका छैनन्।’

    उनले जनता पार्टीको विभाजनको पक्षमा नभएको जिकीर समेत गरेकी छन्। ‘जनताको आवाज भनेको पार्टी विभाजन नहुनु नै देखिएको छ। यदी पार्टी विभाजन भए संस्थापन पक्ष (ओलीसमूह)मा नै लाग्ने भन्ने कुरा छ।’

    यो समाचार आजको डिसिनेपालले छापेको छ ।

    Leave a Reply