
दाङ जिल्ला उधोग बाणिज्य संघको आउँदो कार्यकालका लागि नेपाली कांग्रेस, नेकपा र राप्रपा लगायत संयुक्त प्यानल द्वारा वर्तमान उपाध्यक्ष टङ्क सिंह बुढाथोकीलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
आगामी कार्यकालका लागि अध्यक्ष तथा कोषाध्यक्ष बाहेक बाँकी सबै पदमा यसअघिनै निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ भने अध्यक्ष तथा कोषाध्यक्षमा आउँदो पौष 20 गतेका दिन निर्वाचन हुने भएको छ।
अध्यक्षमा टङ्क सिंह बुढाथोकीको अर्का उम्मेदवार बसन्त जोशी संग टक्कर रहेको छ भने कोषाध्यक्षमा धनपति शर्मा र सुशील पोखरेलको उमेदवारी परेको छ।
उम्मेदवारीको घोषणासँगै उधोग बाणिज्य संघको आउँदो कार्यकालका लागि हुने चुनावमा सरगर्मी बढेको छ ।
चुनावको नतिजा कतातिर जान्छ भन्ने हेर्न भने सर्वसाधारणलाई पौष 20 गते सम्म पर्खिनु पर्ने भएको छ ।


