
३१डिसेम्बर २०२०! ग़ैर आवसिय नेपाली संघको बिधान संशोधनबारे थप बृस्तित छलफलका लागि हुन गइरहेको बैठकमा आइसिसी सदस्य तथा विधान संशोधन समिति सदस्य यासमिन बेगम सैयदले सम्पूर्ण एनआरएनएक़ा महिला प्रतिनिधि तथा अग्रज अभियंताहरु लाई आफ्नो फेसबुक मार्फ़त सूसुचित गराउदै उपस्थित हुनका लागी आग्रह गर्नु भएको छ ।
गैरआवासीय नेपाली संघको वर्तमान कार्यसमितिले संघको विधानमा आवश्यक संशोधनका लागि प्रस्ताव गर्न गठित “विधान संशोधन सुझाव समिति” ले गैरआवासीय नेपाली अभियानका विभिन्न आयामहरुमा दिइएका महत्वपूर्ण योगदानहरु,सल्लाह सुझाव, वर्तमान नेतृत्वले अघि सारेका विषयहरु र समितिलेबअध्ययन गरेका आधारमा बिधान संशोधन सुझाव प्रस्ताव गरेको हो ।
गैरआवासीय नेपाली संघले तोकेको विशेष महाधिवेशनको दिन २०२१ जनवरी २३ र २४ नजिकिदै गर्दा प्रस्तावित मस्यौदाका आधारमा अरु थप सुझाव र सल्लाहको अपेक्षाका साथमा आगामि २ जनवरी २०२१ शनिवार नेपालको समयनुसार साँझ ६ बजेदेखि राति ८ बजे सम्म बैठकको आयोजना गरेको कुरा पनी बेगमले जानकारी गराएकी छन् ।
यस महत्वपूर्ण बैठकमा उपस्थितिका लागि सम्पुर्णमा अनुरोध गर्दै आफ्नो सुझाव कमिटी समक्ष राखी दिनु हुन अनुरोध गर्दै उपस्थिति र सुझावले प्रस्तावित मस्यौदालाई थप परिस्कृत बनाएर गैरआवासीय नेपाली अभियानलाई व्यवस्थित रुपमा अघि बढाउन थप सहयोग पुग्ने अपेक्षा सहित यो बैठक आयोजना गरिएको कुरापनी जानकारी दिएकी छन् ।

