
जनकपुरधाम : नेकपाका स्थायी समिति सदस्य मातृक प्रसाद यादवले देशमा नयाँ राजनीतिक संकट पैदा भएका बताएका छन् । ओली प्रवृतिको बिरोध गर्दै मातृकाले केपी ओली कम्युनिष्ठ हुन नसक्ने बताए । ‘केपी ओलीले कम्युनिष्ठ हुदै होईन, उनी देशको लागि होईन मेन भिलेन हो । आफ्नो ग्याङ्गको लागि पार्टीको शुद्धिकरण भन्दा पनि उनी अपराधिकरण गरे’ उनले भने ।
उनले ओलीले तलदेखि माथि सम्म हुने अपराधिक गतिविधिको श्रृङख्लाबद्ध संरक्षण गरेको आरोप लगाए । ‘ओलीसंग एउटा पनि समाजवाद उन्मुख कम्युनिष्ठ नेता छैन, नेकपामा अध्यक्ष प्रचण्डले पार्टी चलाएपनि ओलीले ग्याङ्ग चलाएको छ, पार्टी विचार, बिधान सम्वत चल्ने हो, तर ओलीको न कुनै विचार छ, न त कुनै बिधि प्रक्रियालाई कहिल्यै मानेको छैन्’ उनले भने ।
श्रोत :- नेपाली वाणी

