ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी, स्थायी कमिटीका नेता बालुवाटार जाँदै

  • ५ पुष २०७७, आईतवार १८:०२ मा प्रकाशित
  • facebook sharing button
    twitter sharing button
    whatsapp sharing button

    फाइल तस्वीर

    ५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटारमा भेला हुन थालेका छन् ।

    यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने एक नेताले जानकारी दिए ।

    ती नेताले भने, ‘हामी बैठकका लागि बालुवाटार जाँदैछौं । बैठकमा प्रधानमन्त्रीमाथि अनुशासनको प्रश्न उठ्न सक्छ ।

    श्रोत :अनलाइन खबर

    Leave a Reply