रोल्पा, १५ पुस

रोल्पा जिल्लाको सुलिचौर, पोबाङ हुँदै थबाङ जोड्ने सडक खण्डको कालोपत्रे गर्ने कामको सुरु गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. र भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बुधवार संयुक्त रुपमा उक्त सडकखण्डको कालोपत्रेको शिलान्यास गरेका हुन ।
कुल लागत ३४ करोड रुपैयाँ अनुमान गरिए कन्काई बिल्डर्सले २१ करोड ६३ लाख रुपैयाँ लागतमा कालोपत्रे निर्माण संझाैता गरी उक्त सडकखण्डको कालोपत्रे गर्न लागेको हाे । कुल १५.५३ किलोमिटर सडककाे कालाेपत्रे आगामी २०७९ साल जेठ २६ मा सम्पन्न गर्ने भनिएको छ ।
शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै मुख्यमन्त्री पाेखरेलले उक्त आयोजना समपूरक अनुदानका रुपमा अगाडी बढाइएकाे जानकारी गराए । साथै उनले त्यस क्षेत्रका लागी ६ कराेडकाे अर्काे आयोजना तयारी रहेकाे पनि जानकारी गराए । साथै पुल निर्माण, सडक सुरक्षा, पहिराे नियन्त्रण जस्ता आयोजना समावेश रहेकाे पनि बताए ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सीले गत ३ वर्ष देखि उक्त आयोजनाका लागी आफु लागीपरेकाे जस अनुरूप आयाेजना थालनी भएकाे बताए । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सडक कालोपत्रे गर्नका लागी बजेटको अभाव हुन नदिने उल्लेख गरे ।

