
समर्पण रम्जान
२० डिसेम्बर २०२०, साउदी अरब ! साउदी स्थिkत नेपाली दूतावास रियादले राहदानी आवेदन संकलन गरि राहदानी नविकरणका लागि साउदी अरबका विभिन्न स्थान र विभिन्न मितिमा अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ !
नेपाली दूतावास रियादले आफ्नो आधिकारिक फेसबुक पेजबाट सुचना प्रशारण गर्दै साउदी अरबको भौगोलिक दुरिलाई मध्यनजर गर्दै दूतावास रहेको शहर रियाद भन्दा टाढा रहनुहुने नेपाली श्रमिक सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्नका लागि यो अस्थायी कार्यलय सेवा बिगतको केही हप्तादेखि संचालन गर्दै आइरहेको कुरा जनाएको छ ।
यसै सिलसिलालाई अगाडि बढाउदै बाँकिरहेका शहरहरुमा पनि यो सेवा प्रदान गर्नका लागि आगामी क्रमश आउने शुक्रबारहरुमा देहाय बमोजिमका शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको कुरा जनाएको छ ।
साउदी अरबको दमाम क्षेत्रको ग्रिन सपिंग सेन्टर पुरानो अल खयाम रेस्टुरेन्ट सँगै रहेको मुगल रेस्टुरेन्ट दमाममा २५ डिसेम्बर २०२० शुक्रबार बिहान ८ बजे देखि, हायल क्षेत्रमा हाइलको गोर्खा होटलमा शुक्रबार ०१ जनवरी २०२१ बिहान ८ बजे देखि, अल कासिम क्षेत्रमा अल्बेक नजिकैको होटल सुकरीमा शनिबार ०२ जनवरी २०२१ बिहान ८ बजे देखि, सोही दिन ओनैजामा पनि गरिने, अल हासामा शुक्रबार ०८ जनवरी २०२१ बिहान ९ बजे देखि सुरु गर्ने जनाएको छ ।
राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने र राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले https://forms.gle/pryfMdChxs2QHCPi6 लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउनु हुन अनुरोध पनि अनुरोध गरेक छ ।
सेवा प्रदान गरिने स्थानहरुमा रहेका संस्थाका प्रतिनिधिहरुको नाम र सम्पर्क गर्नका लाागि सम्पर्क नम्बरसहित उपलब्ध गराएको छ ।
नेपाली दूतावास रियादको सुचना 👉️👉️


