तुलसीपुरमा खोप ढुवानीकर्तालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १८ मंसिर २०७७, बिहीबार १७:३९ मा प्रकाशित
  • दाङ, १८ मंसिर

    दाङको तुलसीपुरमा खोप ढुवानीकर्ता र खोप कोल्डचेनकर्मी स्वास्थ्य कार्यकर्ताहरुका लागि खोप ढुवानी सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


    उक्त अभिमुखीकरण कार्यक्रममा तुलसीपुर उमनपा, दंगिशरण गापा, शान्तिनगर गापा र ववई गापाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत खोप ढुवानी गर्ने र खोप कोल्डचेनमा काम गर्ने स्वास्थ्य कार्यकर्ताहरुलाई सहभागी गराइएको थियो ।

    स्वास्थ्य कार्यालय दाङको आयोजनामा सञ्चालित उक्त अभिमुखीकरण कार्यक्रममा सहभागीहरूलाइ खोप ढुवानी गर्दा ध्यान दिनुपर्ने कुराहरु , खोपको भण्डारण कसरी गर्ने तथा खोपको गुणस्तरीयता विग्रन नदिन गर्नु पर्ने कार्यका विषयमा जानकारी गराइएको थियो ।


    स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद वहादुर शाहीको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका खोप सुपरभाइजर भानु ज्योति वली , सिता कवर लगायत तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक विमल केसी लगायतले प्रशिक्षण दिएका थिए।

    Leave a Reply