एनआरएनए कतारले ५ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि गर्यो हवाई टिकट सहयोग

  • १४ पुष २०७७, मंगलवार ०१:२७ मा प्रकाशित
  • २८ डिसेम्बर २०२०, साउदी अरब ! हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका ५ जना नेपाली श्रमिकहरुलाई गैर आवासीय नेपाली संघ कतारले स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग गरेको छ ।

    बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय गरेको थियो ।

    सोही निर्णय सम्बन्धि सार्बजनिक सुचना जारी गरिए अनुसार छैटौं चरणमा २५ डिसेम्बर २०२० का दिन अर्बिन्द कुमार बिराजि- धनुषा २७ डिसेम्बर २०२० का दिन अब्दुल करिम शेख- कपिलवस्तु , अब्दुल रहिम शेख- कपिलवस्तु , अख्तर हुसेन मुसलमान – रुपेन्देही र मुहमद सबिर- रुपेन्देही लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको कुरा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराएका छन् ।

    अध्यक्ष मुसलमानले जानकारी गराउदै हाल सम्म यो समितिले कुल ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेशफिर्ती गरिएको पनि जानकारी दिइएका छन् ।
    उक्त पीडितहरुलाइ स्वदेश फिर्तिका लागि नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्यहरुले सहयोग गरेका थिए ।

    Leave a Reply