मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

  • ५ मंसिर २०७७, शुक्रबार १६:०६ मा प्रकाशित
  • मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

    ५ मंसिर / मालपोत कार्यालय तुलसीपुरबाट घुससहित केही कर्मचारी पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउसो केही कर्मचारीलाई घुस सहित पक्राउ गरेको मालपोत स्रोतले बताएको छ । अहिले मुचुल्का उठाउने काम भइरहेको र केही समयमा विस्तृत विवरण आउने छ ।

    को–को पक्राउ परेका हुन्, कति रकम, के कामकालागि घुस लिन लागेको लगायतका बिषयमा खुल्न सकेको छैन् । कार्यालय प्रमुख नरेश खड्काले एक जना कार्यालय सहयोगी घुस लिने क्रममा पक्राउ परेको भनी जानकारी आएको भएपनि अन्य कुराको आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

    Leave a Reply