
साउदी अरब ! प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) साउदी अरेबियाको आयोजनामा साउदी अरबको खोबारमा एकदिने हेल्प डेस्क कार्यक्रम संचालन सम्पन्न गरेको छ ।
उक्त हेल्प डेस्क कार्यक्रममा एनआरएनएका मध्यपूर्व संयोजक जोन अर्याल, एनआरएनए साउदीका प्रमुख सल्लाहकार डम्बरबहादुर यादव, सदस्य चन्द्रमनि भण्डारी, सत्य बहादुर केसी, अल खोबरका अध्यक्ष बिष्णु भण्डारी, एनआरएनकर्मी सन्तोष सुनार, फिरोज खान लगायत अन्य संघसंस्थाहरुका प्रतिनिधि उपस्थिति रहेको थियो ।
पिएनसिसि द्वारा अल कासिममा हेल्प र हेल्थ डेस्क, जुवेल र दमाममा हेल्प डेस्क संचालन गरिसकेका र अहिले हेल्प डेस्क कार्यक्रममा खोबारस्थित दरबार रेस्टुरेन्टमा गरिएको थियो ।
सोही तरिकाले बिगतमा गरिएका हेल्प डेस्क कार्यक्रममा धेरै श्रमिकहरुले सेवा पाएका र खोबरमा गरिएको यो कार्यक्रममा १९ जना नेपाली श्रमिकहरुले आफ्नो समस्या हल गर्न निवेदन दिएका थिए ।
जसमध्ये तीनजनालाई घर फर्कन टिकटको समस्या भएकोले सहयोग गर्न अनुरोध गरेको त्यस्तै २ जनाले स्थानीय लेबर कोर्टले तलब र सर्भिस बेनिफिट दिएर घर पठाउने फैसला गरेपनि कम्पनीले थोरै रकममा समझदारी गर्न दबाब दिइएको निवेदन परेको पिएनसिसि साउदी प्रतिनिधि नारायण पास्वान ले जानकारी गराए ।
१४ जनाले भने स्वदेश फर्कन बर्हिगमन (एक्जिट) भिसा लगाइदिन निवेदन दिएको विदेश संयोजक पासवानले जानकारी दिए । ‘ पिएनसीसी साउदीले पीडित नेपालीहरुको समस्यालाई दूतावाससँग समन्वय गर्दै’ साउदीमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न पिएनसीसीले एनआरएन लगायत विभिन्न संघसंस्थासँग समन्वय गर्दै समस्या समाधान गर्ने गरेको पिएनसीसी साउदीका प्रतिनिधि पास्वानले जानकारी दिए ।

