देशकै ठुलो सौर्य मिनिग्रीड निर्माण कार्य अन्तिम चरणमा

  • १२ मंसिर २०७७, शुक्रबार २१:२६ मा प्रकाशित
  • रोल्पा, १२ मंसिर
    रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नम्वर १ विबाङमा निर्माण भैरहेको देशकै ठुलो सौर्य मिनिग्रीड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त सौर्य मिनिग्रीडको क्षमता १५० किलोवाट रहेको छ ।

    माननीय उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन ‘अनन्त’को विशेष पहलमा उक्त योजना संचालनमा आएको थियो । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक उर्जा प्रबर्द्दन केन्द्रबाट निर्माण भइरहेको सौर्य मिनिग्रीडको शिल्यान्यास पुर्व सभामुख ओनसरी घर्तीले गर्नुभएको थियो ।

    निर्माण पक्षले सम्पुर्ण कार्य सम्पन्न गरि मंसिर महिना भित्रै बत्ती बाल्ने गरि निर्माण कार्य तिब्र रुपमा अगाडि बढाएको जनाएको छ ।

    Leave a Reply