कोरोना अपडेट : तुलसीपुरमा आज थप १० जनामा कोरोना संक्रमण, हालसम्मको संक्रमित संख्या ७ सय २६ जना

  • १२ मंसिर २०७७, शुक्रबार २२:१० मा प्रकाशित
  • तुलसीपुर, दाङ, १२ मंसिर
    तुलसीपुरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावमा आज गरिएको स्वाव परिक्षणमा तुलसीपुर १० जना ब्यक्तिमा पोजिटिभ देखिएको हो । जसमध्ये ३ जना महिला र ७ जना पुरुष रहेको तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन बिमल केसीले जनाएका छन ।

    फोकल पर्सन केसीका अनुसार आज तुलसीपुरबाट ३२ जना ब्यक्ति कोरोना मुक्त भएका छन । जसमा पुरुष १८ जना र महिला १४ जना रहेका छन । योसँगै कोरोना मुक्त हुनेको संख्या ५९५ पुगेको छ ।

    त्यस्तै हालसम्म तुलसीपुरमा कोरोना संक्रमितको संख्या ७२६ पुगेको छ भने १३१ जना सकृय संक्रमित रहेका छन । सकृय संक्रमित मध्ये ८ जना कोरोना विशेष अस्पताल बेल्झुण्डीमा, १ जना नेपालगन्ज मेडिकल कलेज बाँकेमा र १२२ जना होम आईसोलेसनमा रहेका छन ।

    साथै हालसम्म कोरोनाको कारण मृत्यु हुने मृतकको संख्या भने १२ पुगेको छ ।

    Leave a Reply